Technology Khabar १ आश्विन २०७८, शुक्रबार
काठमाडौं ।
तीन चिनियाँ अन्तरिक्षयात्रीले देशको सबैभन्दा लामो ३ महिने मानवयुक्त मिशन पूरा गरेर पृथ्वीमा फर्कने भएका छन्।
९० दिनसम्म तियानगङ स्पेश स्टेशनमा स्पेसवाक तथा वैज्ञानिक परीक्षण गरेर तीन जनाको टोली सकुशल फर्किन लागेको हो।
‘शेन्झोउ-१२ मानवयुक्त अन्तरिक्षयान स्पेस स्टेशनको कोर मोड्युलबाट सफलतापूर्वक छुट्टिएको छ’, राज्यको टेलिभिजन प्रसारक सीसीटीभीले बिहीबार बताएको छ।
यो मिसन चीनको धेरै प्रचार गरिएको अन्तरिक्ष कार्यक्रम अन्तर्गतको रहेको र यसकै हिस्साका रुपमा यसअघि मंगल ग्रहमा रोभर तथा चन्द्रमामा पनि अध्ययनका लागि टोली पठाएको बताइएको छ।
उक्त अन्तरिक्षयान तीनजना अन्तरिक्षयात्रीलाई लिएर शुक्रबार पृथ्वीमा आइपुग्ने सरकारी एरोस्पेश न्यूजले जनाएको छ।
तियानगङको अर्थ चिनियाँ भाषामा ‘स्वर्गजस्तो ठाउँ’ हुने र यो कम्तीमा १० वर्षसम्म टिक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार