Technology Khabar ३१ भाद्र २०७८, बिहीबार
काठमाडौं ।
नेपालको एक मात्र शेयर बजार सञ्चालक कम्पनी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेबसाइटसहित सबै सेवाहरू तीन दिनका लागि ठप्प हुने भएको छ।
नेप्सेले असोज १ गते, शुक्रबार देखि ३ गते, आइतबारसम्म पूर्ण रुपमा बन्द हुने भएको जानकारी दिएको छ ।
नेप्सेले डाटा सेन्टर स्तरोन्नतिको काम गर्नका लागि ३ दिन सबै सिस्टमहरू नचल्ने जनाएको छ। नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ।
सो कार्य सकिएसँगै सकेसम्म छिटो वेबसाइट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार