बिटक्वाइनलाई मान्यता दिएको विरोधमा एलसाल्भाडोरमा बृहत् प्रदर्शन, क्रिप्टो मेशिनमा आगजनी

Technology Khabar ३१ भाद्र २०७८, बिहीबार

बिटक्वाइनलाई मान्यता दिएको विरोधमा एलसाल्भाडोरमा बृहत् प्रदर्शन, क्रिप्टो मेशिनमा आगजनी

काठमाडौं ।

केही दिनअघि सरकारले बिटक्वाइनलाई आधिकारिक मान्यता दिएपछि एलसाल्भाडोरमा त्यसका विरुद्धमा बृहत् प्रदर्शन भएको छ।

राष्ट्रपति नयिब बुकेलेले क्रिप्टोकरेन्सीले देशबाहिर काम गरिरहेका साल्भाडोरका नगरिकहरुलाई रेमिट्यान्स घर पठाउन सजिलो हुने भन्दै यसलाई आधिकारिक मान्यता दिएको बताएका थिए।

तर प्रदर्शनकारीहरुले भने यसले देशमा आर्थिक अस्थायित्व तथा मुद्रास्फीतिलाई बढाउने चिन्ता व्यक्त गरेका छन्।

केही विरोधीहरुले प्रदर्शनका क्रममा शहरमा राखिएको नयाँ बिटक्वाइन मेशीनमा आगजनी पनि गरेका छन्। अन्य प्रदर्शनकारीहरुले भने हातमा ‘बुकेले तानाशाह’ लेखेको ब्यानर र प्लेकार्ड बोकेका छन्।

गत हप्ता एल साल्भाडोर अमेरिकी डलरसहित भर्चुअल मुद्रालाई आधिकारिक मुद्राको मान्यता दिनर् पहिलो देश बनेको थियो।

देशको २ सयों स्वतन्त्रता दिवसका अवसरमा राजधानी सान साल्भाडोरमा भेला भएका प्रदर्शनकारीहरुले ‘नो बिटक्वाइन’ तथा ‘रेस्पेक्ट द कन्स्टिच्युशन’ आदि लेखेका प्लेकार्ड लिएका थिए।

उनीहरुले राष्ट्रपति बुकेलेलाई आफू सत्तामा रहनका लागि अतिवादी तरिका अपनाएको आरोप पनि लगाएका थिए।

स्मरणरहोस् नेपालमा भने बिटक्वाइन कारोबार, माइनलगायतका कार्य गैर कानूनी रहेको छ ।

सम्बन्धित समाचार

एल साल्भाडोरले बिटक्वाइन प्रयोग बढाउन खाता खोल्नेलाई ३० डलर दिने

एल साल्भाडोर कानुनी रूपमा बिटक्वाइन अपनाउने विश्वको पहिलो देश

easy care

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

ताजा समाचार