Technology Khabar ३१ भाद्र २०७८, बिहीबार
काठमाडौं ।
विश्वमै दूरसञ्चार उपकरणको बजार सन् २०२१ को दोस्रो त्रैमासमा खस्कँदै गएको पाइएको छ।
अनुसन्धान संस्था डेल ओरोको रिपोर्टमा यो अवधिमा चीनमा पनि यस्ता उपकरणको बजार खस्किएको उल्लेख गरिएको छ।
डेल ओरोका यसअघिका बजार अनुसन्धानले गरेको अनुसन्धानले समग्र दूरसञ्चार उपकरण बजार वार्षिक हिसाबले १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरे पनि पहिलो त्रैमासमा ५ प्रतिशतमात्र वृद्धि भएको पाइएको छ।
यो वर्षको पहिलो ६ महिनामा वायरलेस तथा वायरलाइन उपकरणको माग बढेको तथा अमेरिकी डलर कमजोर भएकाले बजारमा यस हिसाबको वृद्धि भएको हो।
चीनमा पहिलो तथा दोस्रो त्रैमासको वार्षिक वृद्धि सुस्त गतिमा भएको विश्लेषक स्टेफान पोङ्ग्राजले जनाएका छन्।
उनले दूरसञ्चार उपकरणको बजारसम्बन्धी तालिका प्रस्तुत गरेका छन् जसमा एरिक्सनको बजार बढेको छ भने नोकियाको घटेको छ।
उक्त तालिकामा ह्वावेको ब्रोडब्यान्ड एक्सेस, माइक्रोवेभ एन्ड अप्टिकल ट्रान्सपोर्ट, मोबाइल कोर एन्ड रेडियो एक्सेस नेटवर्क, एसपी राउटर तथा स्विचसहितको बजार अलि उकासिएको देखिन्छ।
चीनबाहिर भने अमेरिकी प्रतिबन्धका कारण अलिक असहज भएको देखिन्छ।
विश्वका अग्रणी आपूर्तिकर्ताहरुको समग्र हिस्सा २०२० तथा २०२१ को पहिलो त्रैमासमा तटस्थ देखिएको छ। यो अवधिमा ७ मुख्य भेन्डरले समग्रमा ८१ प्रतिशत बजार हिस्सा ओगटेको पाइएको छ।
यो समग्र हिस्सामा ह्वावे तथा नोकियाले सन् २०२० र २०२१ को पहिलो त्रैमासमा बजार गुमाएको तथा सिस्को, एकरिक्सन, सामसङ र जेडटीईले भने उक्त अवधिका थोरै भए पनि बजार बढाएको पाइएको छ।
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार