गुगलले दक्षिण कोरियामा उपभोक्ताका लागि १२ खर्ब वोन मूल्य बराबर योगदान गरेको दाबी

Technology Khabar ३१ भाद्र २०७८, बिहीबार

गुगलले दक्षिण कोरियामा उपभोक्ताका लागि १२ खर्ब वोन मूल्य बराबर योगदान गरेको दाबी

अल्फाबेट इंक गुगलले बुधवार दक्षिण कोरियामा आफ्नो उपस्थिति लगभग १२ खर्ब वोन (१०.१६ अर्ब अमेरिकी डलर) बराबर यसका प्रयोगकर्ताहरुको लागी आर्थिक लाभ दिईरहेको बताएको छ।

हालै अमेरिकी टेक जायन्टले नियामकहरु र राजनीतिज्ञहरुबाट छानबिनको दबाब बढेसँगै सो जानकारी बाहिर ल्याएको हो।

दक्षिण कोरियाको एन्टिट्रस्ट एजेन्सीले आफ्नो एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको कस्टमाइज्ड भर्सन अवरुद्ध गरेकोमा गूगललाई २०७ अर्ब कोरियाली वोन जरिवाना लगाएको एक दिनपछि गुगलको घोषणा भएको हो। पछिल्लो एक महिना भन्दा कम समयमै कोरियामा कम्पनीला२ दोस्रो झट्का लागेको हो ।

कोरिया फेयर ट्रेड कमिशनले यो अहिलेसम्म लगाईएको नवौं ठूलो जरिवाना हुनसक्ने बताएको थियो।

परामर्श फर्म अल्फाबेटाको एक रिपोर्टलाई उदृत गर्दै गूगलले एक अनलाइन कार्यक्रमको समयमा आफ्नो प्ले स्टोरको माध्यमबाट दक्षिण कोरियालीहरुलाई वार्षिक ५.१ खर्ब वोनको लाभ प्रदान गर्ने बताएको छ । जसमा ४.२ खर्ब आफ्नो सर्च इन्जिन सेवाको माध्यमबाट, र २.५ खर्ब गुगल डक्ससहित यसको उत्पादकता एप्सको माध्यमबाट लाभ दिईरहेको छ ।

यसका साथै गुगलले वार्षिक रूपमा १०.५ खर्ब वोन दक्षिण कोरियाली कम्पनीहरुलाई आर्थिक लाभ प्रदान गर्ने गरेको बताएको छ।

गुगलले यस्तो मूल्यांकन कसरी गरियो भनेर जानकारी प्रदान गरेको छैन।

युट्युबका सीईओ सुसान वोज्स्कीकाअनुसार युट्युबले २०२० मा दक्षिण कोरियाको कुल घरेलु उत्पादन (जीडीपी) मा १.५खर्ब वोन भन्दा बढी योगदान दिएको छ र ८६,००० भन्दा बढी पूर्ण-समय रोजगारी सिर्जना गरेको छ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

Loading...