गुगलको टेन्सर चिप स्न्यापड्रागन ८८८ भन्दा तीव्र हुने दावी

Technology Khabar ३० भाद्र २०७८, बुधबार

गुगलको टेन्सर चिप स्न्यापड्रागन ८८८ भन्दा तीव्र हुने दावी

हाले बजारमा आएका रिपोर्टहरुका अनुसार गुगलले पिक्सेल ६ प्रोमा प्रयोग गरेको आफैंले विकास गरेको गुगल टेन्सर चिप क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा तीव्र हुने बताइएको छ।

रिपोर्ट अनुसार यो प्रोसेसर एन्ड्रोइडका क्षेत्रमा आउने सबैभन्दा तीव्र चिपहरुमध्येको एक हुने आकलन गरिएको छ।

हाल स्मार्टफोनमा प्रयोग हुँदै आएका अधिकांश एआरएम प्रोसेसरहरुले बिग.लिटल आर्किटक्चर प्रयोग गर्छन् जसमा उच्च र मध्यम कार्यक्षमतायुक्त कोरहरु समावेश हुन्छन्।

उच्च क्षमताको कोरले गेमलगायतका उच्च लोड भएका अवस्थामा प्रोसेसिङ गर्छन् भने त्योभन्दा कम क्षमताकोले सामान्य अवस्थामा काम गर्छन्।

सामसङ तथा क्वालकमका फ्ल्यागशिप प्रोसेसरहरुमा १+३+४ कोरको संयोजन हुन्छ। तर गुगल टेन्सरमा भने २+२+४ कोरको संयोजन रहेको बुझिएको छ। यी संयोजनमा अघिल्लो अंकको मतलब सुपर लार्ज कोर अर्थात् सबैभन्दा शक्तिशाली कोर भन्ने बुझ्नु पर्छ।

यस हिसाबले हेर्दा यो चिप क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा बढी शक्तिशाली हुने दावी सही भएको आकलन गर्न सकिन्छ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...