सामसङ ग्यालेक्सी एम५२ आगामी सेप्टेम्बर १९ मा सार्वजनिक हुने

Technology Khabar ३० भाद्र २०७८, बुधबार

सामसङ ग्यालेक्सी एम५२ आगामी सेप्टेम्बर १९ मा सार्वजनिक हुने

सामसङले आगामी सेप्टेम्बर १९ मा आफ्नो एम सिरिजको नयाँ फोन सार्वजनिक गर्ने भएको छ।

अमेजन इन्डियाले सुनिश्चित गरेको यो खबर अनुसार उसले केही समयअघि एउटा छुट्टै पेजमा स्थान दिएको भनेर लीक भएको ग्यालेक्सी एम५२ फाइभजी हुनसक्ने आकलन गरिएको छ।

सार्वजनिक हुने उक्त यसअघिको ग्यालेक्सी एम५१ मा रहेको ६० हर्ज रिफ्रेश रेटलाई दोब्बर बनाएर १२० हर्ज पुर्याइएको छ।

यसबाहेक यसमा अघिल्लो भर्सनको भन्दा ५५ प्रतिशत शक्तिशाली सीपीयू दिइएको भनिएकोमा यो यसअघि लीक भएका विवरण अनुसारको स्न्यापड्रागन ७७८जी चिपसेट हुनसक्ने अनुमान गरिएको छ।

यसमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ जुन यो भन्दा अघिल्लो भर्सनमा रहेको ७००० एमएएचभन्दा निकै कम हो। यसबाहेक यसका अन्य विवरणहरु बाहिरिएका छैनन्।

एजेन्सीका साथमा

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...