नासाको आर्टेमिज प्रोग्रामको अन्तरिक्षयानको अवधारणा तयार पार्ने जिम्मा स्पेसएक्स लगायत पाँच कम्पनीलाई

Technology Khabar ३० भाद्र २०७८, बुधबार

नासाको आर्टेमिज प्रोग्रामको अन्तरिक्षयानको अवधारणा तयार पार्ने जिम्मा स्पेसएक्स लगायत पाँच कम्पनीलाई

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आर्टेमिज प्रोग्रामका लागि चन्द्रयानको कन्सेप्ट तयार पार्न स्पेस एक्स, ब्लू ओरिजिन तथा डाइनेस्टिक्सलगायत पाँच कम्पनीलाई संयुक्तरुपमा जिम्मा दिएको छ।

कुल १४ करोड ६० लाख डलरको प्रोजेक्टमा ब्लू ओरिजिनले २ करोड ६५ लाख, डाइनेस्टिक्सले ४ करोड ८ लाख, लकहीड मार्टिनले ३ करोड ५२ लाख, नर्थ्रप गर्मनले ३ करोड ४८ लाख तथा स्पेसएक्सले ९४ लाख डलर बराबरको जिम्मेवारी पाएका छन्।

यो ठेक्का नेक्स्टस्टेप २ को दिगो मानवीय अवतरण प्रणाली अध्ययन तथा जोखिम न्यूनीकरण अन्तर्गत प्रदान गरिएको हो। यसको उद्देश्य सम्भाव्य व्यावसायिक साझेदारहरुलाई अवधारणा अध्ययन, सञचालन विकासको एचएलएस अवधारणा तथा जोखिम न्यूनीकरण गतिविधिहरुमा संलग्न गराउनु रहेको बताइएको छ।

यी कम्पनीहरुले अन्तरिक्षमा अवतरण गर्ने यानको अवधारणा डिजाइन गर्नुका साथै कम्पोनेन्ट परीक्षण र प्रदर्शन तथा सुरक्षाका लागि तिनीहरुको मूल्याङ्कन पनि गर्नेछन्।

यो ठेक्का यसै वर्षको शुरुमा स्पेस एक्सलाई दिएर त्यसमा ब्लू ओरिजिन तथा डाइनेस्टिक्सको  मुद्दा परेपछि हाल स्थगित भएको चन्द्रयानको भन्दा फरक रहेको बुझिएको छ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...