जिरो क्लिक आईफोन स्पाइवेयर निष्क्रिय पार्न एप्पलद्वारा सफ्टवेयर प्याच जारी

Technology Khabar ३० भाद्र २०७८, बुधबार

जिरो क्लिक आईफोन स्पाइवेयर निष्क्रिय पार्न एप्पलद्वारा सफ्टवेयर प्याच जारी

एप्पलले हालै आईफोन र आईप्याडलाई हानी पुर्याउने भन्ने चर्चामा रहेको जिरो क्लिक स्पाइवेयर ब्लक गर्ने सफ्टवेयर प्याच जारी गरेको छ।

स्वतन्त्र अनुसन्धाताहरुले यो जोखिमका बारेमा पहिलो पटक पत्ता लगाएका थिए। यसले ह्याकरहरुलाई आईमेसेजमार्फत् ती डिभाइसहरुमा बिना कुनै क्लिक पहुँच गर्न सक्ने बनाउने बताइएको छ।

यो स्पाइवेयरले एप्पल डिभाइसका अपरेटिङ सिस्टममै हमला गर्ने अनुसन्धाताहरुको भनाइ छर एप्पलले उक्त स्पाइवेयरको हानिकारक प्रोग्रामयुक्त पीडीएफ फाइललाई निष्क्रिय गर्नका लागि सफ्टवेयर प्याच जारी गरेको जनाएको छ।

सबैभन्दा पहिले यो समस्या पत्ता लगाएको यूनिभर्सिटी अफ टोरन्टो सिटिजन ल्याबले जिरो क्लिकको प्रमाण भेटेको र यसले कसरी काम गर्छ भन्ने पत्ता लागेको अनुसन्धाता बिल मार्जाकले जानकारी दिए।

अनुसन्धाताहरुले यसअघि भेटिएको जोखिमले आईफोन, म्याक तथा एप्पल वाचजस्ता एप्पलका सबैखाले मुख्य डिभाइसहरुमा असर पारेको बताएका छन्।

सिटिजन ल्याबले पनि साउदी अभियन्ताको आईफोनमा रहेको सुरक्षा जोखिमलाई दुरुपयोग गर्दै स्पाइवेयर राखिएको र यसका पछाडि एनएसओ ग्रुपले भाडामा ल्याएका इजरायली ह्याकर उक्त घटनामा संलग्न भएको बताएको छ।

यस सम्बन्धमा एनएसओले सञ्चारमाध्यम रोयटर्सलाई बताए अनुसार एनएसओले यो स्पाइवयर हमलाका पछाडि आफ्नो हात रहेको आरोपबारे कुनै प्रतिक्रिया नदिएको र आफूले विश्वका जासूसी र कानून पालना गराउने एजेन्सीहरुलाई आतंकवाद र अपराध रोक्नका लागि जीवन-बचाउने खालका सफ्टवेयरहरु उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको बुझिएको छ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...