इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स २६ औं वर्षमा

Technology Khabar ३० भाद्र २०७८, बुधबार

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स २६ औं वर्षमा

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड २६ औं वर्षमा प्रवेश गरेको छ। नेपालमा स्थापना भएकामध्ये पहिलो २ इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको वर्ल्डलिंकले आज बुधबार २६ औं वार्षिकोत्सव मनाउँदैछ। वर्ल्डलिंक सन् १९९५ मा दिलीप अग्रवालले स्थापना गरेका थिए।

कम्पनीले देशका ७३ वटा जिल्लाहरुमा आफ्नो इन्टरनेट सेवा पुयाईसकेको छ भने कम्पनीले विभिन्न स्थानहरुमा निशुल्क वाईफाई हटस्पट पनि संचालन गरिरहेको छ।

गत असारमा कम्पनीले ५ लाख घरधुरीमा आफ्नो सेवा पुगेको घोषणा गरेको थियो।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये करिब ४५ प्रतिशत व्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्ने गर्दछ।

कम्पनीले करिब ४ हजारलाई रोजगारी प्रदान गरेको छ।

यस बाहेक कम्पनीले ३ अर्ब रुपैयाँ लगानीमा देशका १४ स्थानमा डाटा सेन्टर स्थापना गर्ने घोषणा समेत गरिसकेको छ ।

वर्ल्डलिंक बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको एक मात्र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनी हो। वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ।

Global Bank
easy care

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

ताजा समाचार