आईफोन १३ सिरिजसहित आईप्याड र एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् फिचरहरु

Technology Khabar ३० भाद्र २०७८, बुधबार

आईफोन १३ सिरिजसहित आईप्याड र एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् फिचरहरु

काठमाडौं ।

एप्पलले मंगलबार एक इभेन्टमार्फत आफ्नो आईफोन १३सहित विभिन्न उत्पादन तथा सेवाहरु लन्च गरेको छ । कम्पनीले आईफोन १३ सिरिज आईप्याड सिरिज र एप्पल वाच लगायतका उत्पादनहरु अनावरण गरेको छ ।

कम्पनीले इभेन्टमा बहुप्रतिक्षित आईफोन १३ सिरिज सार्वजनिक गरेको छ ।कम्पनीले आईफोन १३ सिरिजमा ए१५ बायोनिक चिपसेट प्रयोग गरेको छ।कम्पनीले यो चिप ५ नानोमिटर प्रोसेसरमा आधारित भएर तयार पारेको हो ।

आईफोन १३ ६.१ इन्चको डिस्प्ले साइजसहित आउँछ भने आईफोन १३ मिनी ५.४ इन्चको डिस्प्ले साइजमा आउँछ।

कम्पनीले यसमा नयाँ डिस्प्ले, भिडियो र क्यामराको लागि बायोनिक चिपसेट डिजाइन गरेको बताएको छ।

आईफोन १३ मा ड्यूल क्यामरा सेटअप रहेको छ। फोनमा एउटा १२ मेगापिक्सेलको वाईड क्यामरा राखिएको छ भने अर्को १२ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामरा रहेको छ । फोनले सिनेम्याटिक मोडमा भिडियो खिच्न सक्नेछ। त्यस्तै यसमा पोट्रेट मोड समेत रहेको छ ।

फोनमा ५जी नेटवर्क सपोर्ट रहेको छ भने यसको लागि कस्टम डिजाइन एन्टेना राखिएको छ।

आईफोन १३ मा आईफोन १२ भन्दा २.५ घण्टा बढि टिक्ने ब्याट्री राखिएको बताईएको छ तर कति क्षमताको भनेर कम्पनीले जानकारी दिएको छैन्। त्यसैगरि यसलाई प्राइभेसीलाई ध्यानमा राखेर थप फिचरहरु तयार पारिएको बताईएको छ ।

फोन आईपी ६८ प्रविधिका साथ आउँछ। आईफोन १३ मिनी अमेरिकी बजारमा ६९९ डलरदेखि शुरु हुनेछ भने आईफोन १३ न्यूनतम ७९९ डलरका साथ आउँछ।

आईफोन १३ को प्रो सिरिजलाई कम्पनीले थप पावरफुल हबको रुपमा ल्याएको छ। आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा ट्रिपल क्यामरा सिस्टम प्रयोग गरिएको छ ।

यसमा १२० हर्जको डिस्प्ले प्रयोग गरिएको छ र यसमा प्रो मोसन प्रयोग गरेको जानकारी दिएको छ। आईफोन प्रोमा ६.१ इन्चको स्क्रीन रहेको छ भने आईफोन १३ प्रो म्याक्समा ६.७ इन्चको स्क्रीन छ।

फोनमा टेलिफोटो, वाईड र अल्ट्रा वाईड क्यामरा सेन्सर राखिएको छ। यसमा नाइट मोड फिचर रहेको छ। त्यसैगरि यसमा प्रोरेज भिडियो फिचर पछि आउने बताईएको छ।

आईफोन प्रो मोडलहरुमा राखिएको ब्याट्री आईफोन १२ प्रो भन्दा न्यूनतम १.५ घण्टा बढि समयसम्म चल्दछ।

आईफोन १३ प्रो ९९९ डलर र आईफोन प्रो १३ म्याक्स १,०९९ डलरबाट शुरु हुनेछ । यी फोन मोडल १२८ जीबीदेखि १ टेराबाईटसम्मको स्टोरेज अप्सनमा आउनेछ।

आईफोन १३ सिरिज बजारमा सेप्टेम्बर १७ देखि प्रि अर्डर गर्न सकिनेछ भने सेप्टेम्बर १४ देखि उपलब्ध हुने बताईएको छ।

एप्पल वाच सिरिज ७

कम्पनीले ल्याएको एप्पल वाच सिरिज सेभेनमा नयाँ डिस्प्ले प्रयोग गरिएको छ भने यसको स्क्रीन साइज पुरानो भन्दा बिस्तार गरिएको छ । यसलाई कम्पनीले नयाँ डिजाइन र क्र्याक रेसिस्ट्यान्टसहित ल्याएको छ । यसमा आईपी ६ एक्सद्धारा सुरक्षित गरिएकोछ । यसले सुतेको बेलामा पनि तपाईँको स्वासप्रस्वास मापन गर्न सक्दछ । यो सात रंगहरुमा उपलब्ध हुनेछ भने यसको न्यूनतम मूल्य १९९ अमेरिकी डलरदेखि शुरु हुन्छ।

एप्पल वाचका साथमा फिटनेस प्लसको सुबिधा उपलब्ध हुनेछ ।

आईप्याड सिरिज

कम्पनीले आईप्याड सिरिज पनि लन्च गरेको छ । कम्पनीले इन्ट्री लेभलको आईप्याड र आईप्याड मिनी सार्वजनिक गरेको छ। विशेषगरि कम्पनीले आईप्याड मिनीलाई निकै महत्व दिएको छ। यसलाई ५जी नेटवर्कका साथ प्रयोग गर्न सकिन्छ भने यसमा एप्पल पेन्सिल समेत सपोर्ट हुनेछ।

एक हातले नै समातेर प्रयोग गर्न सकिने एप्पल मिनी निकै सहज  र पावरफुल भएको कम्पनीको दाबी छ । आईप्याडको मूल्य ३२९ डलरदेखि र आईप्याड मिनीको मूल्य ४९९ अमेरिकी डलरबाट शुरु हुनेछ ।

easy care

प्रकाशित: ३० भाद्र २०७८, बुधबार