सामसङद्वारा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ बिटा उपलब्ध

Technology Khabar ३० भाद्र २०७८, बुधबार

सामसङद्वारा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ बिटा उपलब्ध

गुगलको एन्ड्रोइड १२ स्टेबल भर्सन आउने अक्टोबर ४  नजिकिँदै गर्दा सामसङले यसैमा आधारित वन यूआई ४ आफ्ना ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१+ तथा ग्यालेक्सी एस२१+ अल्ट्रामा उपलब्ध गराएको छ।

यसको रजिस्ट्रेशन आज अर्थात् सेप्टेम्बर १४ बाट शुरु भएको र इच्छुक यूजरल् सामसङ मेम्बर्स एकाउन्टमार्फत् रजिस्टर गरेर बिटा भर्सन चलाउन पाउने बताइएको छ।

यो बिटा कार्यक्रम दक्षिण कोरिया, अमेरिका बेलायत जर्मनी र पोल्यान्डमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

रिपोर्टहरुका अनुसार वन यूआई ४ मा थुप्रै कस्टमाइजेशन अप्शनका साथ नयाँ थिम, होम स्क्रीन, आईकन, नोटिफिकेशन र वालपेपरका लागि नयाँ कन्फिगरेशनहरु उपलब्ध हुनेछ।

यीबाहेक थुप्रै रिसाइज गर्न मिल्ने विजेट, नयाँ एआर ईमोजी तथा स्टिकरहरु पनि उपलब्ध हुने बुझिएको छ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...