साना अन्तरिक्षयान प्रक्षेपण गर्ने योजनामा अमेरिकी रक्षा विभाग

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

साना अन्तरिक्षयान प्रक्षेपण गर्ने योजनामा अमेरिकी रक्षा विभाग

अमेरिकाको रक्षा विभागले साना अन्तरिक्षयानका लागि न्यूक्लियर प्रोपल्सनको खोजी गरिरहेको छ।

स्पेसन्यूजका अनुसार विभागले हालै साना तथा मझोला आकारका अन्तरिक्ष यानमा प्रयोग गर्नका लागि निजी रुपमा बनेका न्यूक्लियर प्रोपल्सन सिस्टमको खोजीमा लागेको हो।

विभागले यो डिभाइस खोज्नुका पछाडि पृथ्वीको अक्षभन्दा परसम्म अन्वेषण गर्ने उद्देश्य रहेको बुझिएको छ।

विभागको डिफेन्स इनोभेशन यूनिटका अनुसार हाल विभागसँग रहेका विद्युतीय तथा सोर्य अन्तरिक्षयान साना यानका लागि र यो मिशनका लागि पनि उपयुक्त नहुने भएकाले नयाँ विकल्पको खोजी गरिएको हो।

यसमा रहेको पेलोडका लागि विद्युत उपलब्ध गराउनुबाहेक यो प्रविधिले यानलाई छायाँ परेका बेला न्यानो राख्ने र यसको विकिरण पनि कम गराउने बुझिएको छ।

विभागले आउँदो सेप्टेम्बर २३ सम्ममा आवेदन लिने र छानिएका कम्पनीलाई ६० देखि ९० दिनपछि कार्यभार सुम्पिइने बताइएको छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

Loading...