हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या १० करोड पुग्यो

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या १० करोड पुग्यो
Global IME Bank

काठमाडौं ।

१० दिन अघि हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या ९ करोड पुगेकामा हाल आएर यो सङ्ख्यामा अर्को १ करोड थपिएर १० करोड भएको छ।

यी सबै डिभाइसहरु यसअघि एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त रहेका र यसका यूजरहरुले आफूखुशी नै डिभाइसको हार्मोनीओएस २.० मा शिफ्ट गरेको कम्पनीले जनाएको छ।

कम्पनीले यो वर्षभरीमा हार्मोनीओएस २.० ३० करोड डिभाइसमा पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ।

जुनको शुरुमा यो ओएसको १ करोड यूजर भएकामा अगस्ट अन्त्यसम्ममा ७ करोड पुगेकोमा त्यसमा २ करोड थप हुँदै १० दिन अघि अर्थात् सेप्टेम्बरको पहिलो हप्ता ९ करोडको आँकडा छोएको थियो।

अहिले भने १० दिनको बीचमा १ करोड थपिएर १० करोड पुगेको हो।

कम्पनीले योजना बनाएको ३० करोडमध्ये लगभग १० करोड तेस्रो पक्षका डिभाइस  रहने भएकाले तिनीहरु आईओटी तथा अरु स्मार्ट ग्याजेट हुने आकलन गरिएको छ।

यो ओएस अगस्टको शुरुवातसम्म ह्वावे र अनरका गरी ६५ ओटामा सपोर्ट गर्नेमा महिनाको अन्त्यसम्म आइपुग्दा १०० ओटा र हाल आएर १०६ ओटा डिभाइस पुगेका छन्।

Sajilo Visa

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया