एप्पलको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्ट आज, के के सार्वजनिक हुँदैछन्?

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

एप्पलको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्ट आज, के के सार्वजनिक हुँदैछन्?

अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले नयाँ उत्पादन सार्वजनिक गर्न बर्सेनि गर्दै आइरहेको कार्यक्रमको यो वर्षको संस्करण आज मंगलबार हुँदैछ।

आफ्नो मुख्यालय रहेको क्यालिफोर्नियामा हुने एप्पल इभेन्टमा सिरिकल भ्याली कम्पनीले आईफोन १३ का भेरियन्टहरुका साथ एयरपड ३ लगायतका बहुप्रतिक्षित डिभाइसहरु सार्वजनिक गर्ने बुझिएको छ।

कार्यक्रम लाइभस्ट्रिम गरिने भएकाले इभेन्टको नाम नै क्यालिफोर्निया स्ट्रिमिङ राखिएको छ।

यो कार्यक्रम १७:०० जीएमटी अर्थात् नेपाली समय अनुसार बेलुका १०:४५ मा शुरु हुनेछ।

हालसम्म बाहिरिएका थुप्रै मिडिया रिपोर्टहरु केलाउँदा एप्पलले क्यालिफोर्निया स्ट्रिमिङमा निम्न डिभाइसहरु सार्वजनिक गर्नेछ:

आईफोन १३

आईफोन १३ लाइनअप ४ भेरियन्टमा आउने अपेक्षा गरिएको छ। तीमध्ये ५४ इन्च आईफोन १३ मिनी, ६.१ इन्च आईफोन १३, ६.१ इन्च आईफोन १३ प्रो तथा ६.७ इन्चको आईफोन १३ प्रो म्याक्स रहनेछन्।

सञ्चारमाध्यम सीएनबीसीका अनुसार यी फोन हरु गुलाबी, ब्रोन्ज तथा ग्राफाइट ग्रेमा उपलब्ध हुने बताइएको छ।

आईफोन १३ मा अघिल्लो भर्सनभन्दा सानो नच लगायत केही डिजाइनमा परिवर्तन देख्न सकिने र मूल्य पनि बढी हुने बुझिएको छ। यसबाहेक यसमा वाइफाइ ६ तथा फाइभजी मोडम समावेश रहनेछ।

एयरपड ३

यो इभेन्टमा एप्पलले सार्वजनि गर्नसक्ने बुझिएको अर्को मुख्य डिभाइस एयरपड ३ हो। ब्लूमबर्गका अनुसार यो थर्ड जेनेरेशन एयरपडको डिजाइन हाइ इन्ड एयरपड प्रो को जस्तै हुने तथा यसले स्पाटियल अडियो फिचर सपोर्ट गर्नेछ।

एप्पल वाच सिरिज ७

एप्पल इभेन्टको अर्को आकर्षण चिर प्रतिक्षित एप्पल वाच सिरिज ७ पनि हो। ठूलो स्क्रीन, शक्तिशाली प्रोसेसर तथा फाइभजी इनेबल भएको यो सिरिज स्मार्टवाच पारखीहरुले निकै प्रतिक्षा गरिरहेको डिभाइसमा पर्छ। ब्लूमबर्गको रिपोर्ट अनुसार यसमा ब्याट्री क्षमता पनि पहिलेकोमा भन्दा बढाइएको छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

Loading...