गोदावरी नगरपालिकामा सिसी क्यामरा जडान गरिँदै

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

गोदावरी नगरपालिकामा सिसी क्यामरा जडान गरिँदै
सांकेतिक

काठमाडौं ।

गोदावरी नगरपालिकाले सिसी क्यामरा जडान गर्ने काम अघि बढाएको छ। विभिन्न किसिमका गतिविधिबारे जानकारी लिन सो काम थालिएको हो।

गोदावरीको थेचो, चापागाउँ, ठैब र गोदावरीसम्म सिसिटिभी क्यामरा जडान गर्न थालिएको नगरपालिकाका सूचना अधिकारी निश्चल महर्जनले जानकारी दिए । उनले भने, ‘जानकारी लिन बाडेगाउँ प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त चापागाउँमा हेर्ने व्यवस्था मिलाइने छ।’

गोदावरीमा ३२ क्यामरा जडान गर्न लागिएको छ। सो कार्यका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ। लेलेमा समेत क्यामरा जडान गर्ने योजना रहेको महर्जनले बताए।

यसअघि गोदावरी (४, ५, ११ र १४ वडामा क्यामरा जडान भइसकेको छ। यस्तै वडा नं ३ गोदावरीको बस बिसौनीदेखि कुण्डसम्म व्यक्तिगत खर्चमा ३० थान सडक बत्ती जडानको काम भइरहेको गोदावरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष राज घिमिरेले बताए।

easy care

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार