टर्कस्याट र इन्मरस्याट बिच सञ्चार स्याटेलाइटका लागि सहकार्य हुने

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

टर्कस्याट र इन्मरस्याट बिच सञ्चार स्याटेलाइटका लागि सहकार्य हुने

काठमाडौं ।

बेलायतमा आधारित स्याटेलाइट सञ्चार कम्पनी इन्मरस्याट र टर्कीस स्याटेलाइट अपरेटर टर्कस्याट फाइभबी संचार स्याटेलाइट (उपग्रह)को लागी पहिलो साझेदारी सम्झौतामा हस्ताक्षर गरीएको छ, जुन यस बर्षको अन्तमा अन्तरिक्षमा प्रक्षेपण हुनेछ।

अघिल्लो साता वाशिंगटन डीसीमा आयोजित विश्वको सबैभन्दा ठूलो स्याटेलाइट मेला ‘स्याटेलाइट २०२१’ को अवसरमा टर्कस्याट स्याटेलाइट सेवाका उप महाप्रबन्धक सेल्मान डेमिरेल र इन्मरस्याट स्याटेलाइट अपरेसनका उपाध्यक्ष मार्क डिकिन्सनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अन्तर्गत, इन्मरस्याट ग्लोबल एक्सप्रेस सेवाहरु टर्कस्याट ५बी स्याटेलाइटमार्फत टर्कीमा लगिनेछ।

इन्मरस्याटकाअनुसार का-ब्यान्डमा संचालित ग्लोबल एक्सप्रेस पहिलो र एक मात्र उच्च गतिको मोबाइल ब्रोडब्याण्ड नेटवर्क निर्बाधरुपमा संसारमा फैलिएको छ।

हस्ताक्षर समारोहमा बोल्दै डेमिरेलले सम्झौता राम्रो वैश्विक सहकार्यमा हुने तथा टर्कस्याटलाई इन्मरस्याटको साथ एक संयुक्त वैश्विक क्षमता सिर्जना गर्ने अवसर हुने बताए।

“यो इन्मरस्याट यसको ग्लोबल एक्सप्रेस का- ब्यान्ड नेटवर्कको बिस्तारको लागी एक साँच्चै महत्वपूर्ण कदम हो,” उनले भने।

यस फेब्रुअरीमा टर्कीको राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको घोषणा संगै, विभिन्न प्रयोजनहरुको लागी स्याटेलाइटहरुको निर्माण कार्यक्रमको कार्यान्वयनले गति लिएको छ।

यस जनवरीमा, पृथ्वी कक्षमा सक्रिय टर्कीस स्याटेलाइटहरुको संख्या सात पुगेको छ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

ताजा समाचार