नेपाल टेलिकमको नमस्ते पे आजदेखि शुरु

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

नेपाल टेलिकमको नमस्ते पे आजदेखि शुरु

काठमाडौं ।

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ल्याउन लागेको मोबाइल मनी सेवा ‘नमस्ते पे’ को आज मंगलबारबाट* आउने भएको छ।

गत वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसर पारेर उक्त एपको प्रारम्भिक परीक्षण शुरु भएको भर्चुअल कार्यक्रममार्फत घोषणा गरेका थिए।

कम्पनीले आज सार्वजनिकरुपमा नै प्रारम्भिक चरणको व्यवसायीक सेवा शुरु हुने भन्दै घोषणा गरेको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड (एनडीपीसी) ले ‘नमस्ते पे’ ल्याउन लागेका हुन्।

यस एपमार्फत मोबाइल ब्यालेन्स रकमको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्न सकिनेछ, तत्कालका लागि भने यो सुविधा केही समयपछि मात्र थपिने बुझिएको छ।

*सम्पादित

easy care

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार