स्मार्टफोनमा आगलागी नहोस् भन्ने चाहनुहुन्छ? त्यसोभए यी १० गल्ती कहिल्यै नगर्नुस्

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

स्मार्टफोनमा आगलागी नहोस् भन्ने चाहनुहुन्छ? त्यसोभए यी १० गल्ती कहिल्यै नगर्नुस्

फोनमा आगलागी हुने गरेका समाचारहरु हिजोआज सामान्य रुपमै सुन्न थालिएको छ। यस्तोमा आफ्नो फोनलाई ठिक तरिकाले प्रयोग गर्नु आवश्यक हुन्छ।

फोनमा आगलागी हुनुका पछाडि सामान्यतया १० ओटा गल्ती वा कारणहरु हुन्छन् भन्ने गरिन्छ। यी कार्ण वा गल्तीबाट जोगिन सक्य भने फोनमा आगलागी हुने समस्याबाट पनि जोगिन सकिन्छ।

स्मार्टफोनमा आगलागी भएपछि हालै अमेरिकामा एउटा फ्लाइट नै खाली गर्नु परेको थियो तर स्मार्टफोनमा आगलागी हुने सम्भावना भने ज्यादै कम हुन्छ। तर एकाध सम्भाव भने हामी आफ्नो डिभाइसलाई कसरी प्रयोग गर्छो भन्नेमा भर पर्छ।

सामान्यतया स्मार्टफोनमा ४५०० एमएएचभन्दा माथी ब्याट्री क्षमताकै हुन्छन् साथै फास्ट चार्जिङ फिचर पनि दिइएको हुन्छ। यस्तोमा भने डिभाइसहरु तात्ने हुँदा आगलागी हुने सम्भावना हुन सक्छ। त्यसैले होशियारीपूर्वक प्रयोग गर्नुपर्ने हुन्छ।

१. ड्यामेज भएको फोन प्रयोग नगर्नुस्: यदि तपाईँको स्मार्टफोन कतै खसेर ड्यामेज भएको छ भने प्रयोग नगर्नु राम्रो हुन्छ। यस्तो भएमा तत्कालै सर्भिस सेन्टरमा लगेर देखाउनु पर्छ। फुटेको डिस्प्ले वा बडीमार्फत् पानी, पसिनाका काण फोनको ब्याट्री या अन्य पार्टपुर्जा खराब हुन सक्छ।

२. डुप्लिकेट चार्जरको प्रयोग नगर्नुस्
फास्ट चार्जिंग एडप्टरको प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। सधैं आफ्नो स्मार्टफोनको बक्समा आएको चार्जरको प्रयोग गर्नुहोस्। धै पावर रेटिङ भएका चार्जर प्रयोग गर्दा फोनको ब्याट्रीमा दबाब पर्न सक्छ। यसबाहेक डुप्लिकेट चार्जरको प्रयोगले पनि ब्याट्रीमा समस्या ल्याउन सक्छ।

३. तेस्रो पक्ष या नक्कली ब्याट्रीको प्रयोग नगर्नुस्
तेस्रो पक्ष वा नक्कली ब्याट्रीको प्रयोग कहिले पनि नगर्नुहोस्। यस्ता ब्याट्रीको प्रयोग गर्नाले सुरक्षा खतरा उत्पन्न हुन सक्छ। बिग्रेको लिथियम-आयन ब्याट्रीले फोनलाई धेरै तताउन सक्छ जसका कारण आगलागी वा विस्फोट पनि हुन सक्छ।

४. फोन तातेको बेला प्रयोग नगर्नुहोस्

यदि तपाईँको फोन असामान्य रूपमा तातेको छ भने चार्जिङ बाट छुटाएर केही पर लगेर राख्नुहोस्। तातेकै बेला फोन चलाउँदा अझ तापक्रम बढन गइ विस्फोट वा आगलागी पनि हुन सक्छ।

५. मोबाइल चार्ज गर्नका लागि कार चार्जिङ एडप्टरको प्रयोग नगर्नुहोस्

गाडी चलाउँदा कार चार्जिङ एडप्टरको सट्टा पावर बैंकको प्रयोग गर्नु बुद्धिमानी हुन्छ। सामान्यतया कारमा तेस्रो पक्षका भेन्डरमार्फत् एक्सेसरीहरु राखिएको हुने हुनाले वायरिङको गुणस्तरमा सम्झौ हुन सक्छ। कार चार्जिङ एडप्टरमार्फत् चार्ज गर्दा पावर अचानक बढ़्न सक्छ जसका कारण फोनमा आगलागी पनि हुन सक्छ।

६. फोनलाई ओभरचार्ज नगर्नुहोस्
फोनलाई रातभरी वा लामो समयसम्म चार्ज गरेर नराख्नुहोस्। फोनलाई सधैं १०० प्रतिशत वा फुल चार्ज गर्नै पर्छ भन्ने हुँदैन। ९० प्रतिशतभन्दा माथि गएपछि ब्याट्रीलाई चार्ज गर्न बन्द गरिदिनु राम्रो बानी हो। किनकि यसले ब्याट्री लाइफ बढाउँछ। ओभरचार्ज गर्नाले भने फोनको ब्याट्री फुल्ने र विस्फोट पनि हुन सक्ने हुन्छ।

. चार्ज गर्ने बेला फोनलाई घाममा नराख्नुहोस् 

फोन चार्ज गर्ने बेला फोनमा कुनै अन्य प्रकारको तातो पार्नु हुँदैन। फोनमा घाम परेको छ भने तुरुन्तै छाया परेको ठाउँमा राख्नुपर्छ।

. स्मार्टफोनलाई अनावश्यक दबाब नदिनुहोस्
स्मार्टफोनलाईअनावश्यक दबाब दिनु हुँदैन। विशेष गरी चार्ज गरिरहेको बेला मोबाइलमाथि कुनै सामान वा गह्रुङ्गो चिज राख्नुहुँदैन।

. स्मार्टफोनलाई पावर स्ट्रिप वा एक्सटेन्शन कर्डमा चार्ज गर्नु हुँदैन
पावर स्ट्रिप वा एक्सटेन्शन कर्डको उपयोग गर्नाले शर्ट सर्किट हुने खतरा बढ़ेर जान्छ। त्यसैले फोन चार्ज गर्दा सोझै पावर सकेटको प्लगमै जोड्नु राम्रो हुन्छ।

१०. स्थानीय पसलहरुमा फोन नबनाउनुहोस्
यदि तपाईँको घर नजिक मोबाइल बनाउने पसल छ भने फोनमा समस्या आएमा त्यस्ता पसलमा बनाउन नलैजानुहोस्। आफ्नो स्मार्टफोनमा समस्या आउँदा सधैं आधिकारिक सर्भिस सेन्टरमै लगेर बनाउनुहोस्।

स्थानीय पसलहरुमा विशेष उपकरणहरु उपलब्ध नहुने हुनाले सही तरिकाले मर्मत नहुन सक्छ जसका कारण ब्याट्री लगायत अन्य पार्टपुर्जामा वा सर्किटमा गडबडी उत्पन्न हुन सक्छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

Loading...