टीसीएलले ल्यायो ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना

Technology Khabar २८ भाद्र २०७८, सोमबार

टीसीएलले ल्यायो ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना

काठमाडौं ।

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टीभी समेत जित्न सकिने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत टीसीएलका विभिन्न सामानहरु जसमा एलईडी टी।भीको खरिदमा ५८ हजार ७०० रुपैयाँसम्म, वाशिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँसम्मको क्यास ब्याक, एसीको खरिदमा ५१ हजार ५०० रुपैयाँसम्म र ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान र वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

टीसीएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएलएफओ टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नं लेखि ३१००१ मा एसएमएस गर्नुपर्ने जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

ताजा समाचार