सानिमा बैंकका ग्राहकले बिना ब्याज सामसङको फ्ल्यागसिप स्मार्टफोन किस्तामा किन्न पाउने

Technology Khabar २८ भाद्र २०७८, सोमबार

सानिमा बैंकका ग्राहकले बिना ब्याज सामसङको फ्ल्यागसिप स्मार्टफोन किस्तामा किन्न पाउने

काठमाडौं ।

सानिमा बैंकका ग्राहकले बिना ब्याज सामसङको फ्ल्यागसिप स्मार्टफोन किस्तामा किन्न पाउने भएका छन्।

सानिमा बैंक र नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच यस्तो सम्झौता भएको हो।

सानिमा बैंकका ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी उक्त फोन मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन्। साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्।

भदौ २० गतेबाट प्रि-बुकिङ्ग सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ।

प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिनेछ। सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन्।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

ताजा समाचार