एक्जिनोस २२०० गीकबेन्चमा, एएमडी जीपीयू र ओपन सोर्स ड्राइभरसहित आउने

Technology Khabar २८ भाद्र २०७८, सोमबार

एक्जिनोस २२०० गीकबेन्चमा, एएमडी जीपीयू र ओपन सोर्स ड्राइभरसहित आउने

सामसङको एएमडी ग्राफिक्सयुक्त एक्जिनोस २२०० चिपसेट गीकबेन्चमा देखा परेको छ।

केही महिनाअद्घि एक लिक्स्टरले एक्जिनोस २२०० ले स्न्यापड्रागन ८९८ लाई उछिन्ने दावी गरेका थिए। हालै गीकबेन्चमा परीक्षणका लागि पठाइएको यो चिपको शुरुवाती पीक्षणमा यस्तो नतिजा आएको छ:

आइस यूनिभर्सले सामसङ एसएम-एस९०६बी को बेन्चमार्क देखेको र यो ग्यालेक्सी एस२२+ हुनुपर्ने बताएका छन्। यसमा एस५ई९९२५ चिपसेट राखिएको बताइएको छ जुन एक्जिनोस २२०० हुनुपर्छ भन्ने उनको बुझाइ छ।

यसमा एएमडी आरडीएनए२ मोबाइल रेडन जीपीयूका रहेको छ भने यसले एआरएमभी९ आर्किटेक्चर पनि सपोर्ट गर्ने बताइएको छ।

स्न्यापड्रागन ८९८ युक्त भिभोको फ्ल्यागशिप फोनको गीकबेन्च परीक्षण गर्दा यसको एक्स२ प्राइम कोर २.४२ गिगाहर्जमा चलेको थियो। ए७१० कोर पनि २.१७ गिगाहर्ज तथा ए५१०एस भने १.७९ गिगाहर्जमा चलेको थियो।

 

TK Viber

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

Loading...