जापानी टेक्नोलोजी जायन्ट ओलम्पसमा ब्ल्याकम्याटर र्यान्समवयर हमला

Technology Khabar २८ भाद्र २०७८, सोमबार

जापानी टेक्नोलोजी जायन्ट ओलम्पसमा ब्ल्याकम्याटर र्यान्समवयर हमला

काठमाडौं ।

जापानको रेडियोग्राफीसम्बन्धी सामग्री उत्पादक कम्पनी ओलम्पसमा ब्ल्याकम्याटर नामको र्यान्समवयर हमला भएको खुलेको छ।

कम्पनीले हालै एउटा वक्तव्य जारी गर्दै सम्भावित साइबर सुरक्षासम्बद्ध घटनाको जाँच पड्ताल भइरहेको बताएको छ।

ओलम्पसका अनुसार यो घटनाबाट उसका यूरोपेली, मध्यपूर्वी तथा अफ्रिकी कम्प्युटर नेटवर्कमा समस्य आएको छ।

‘शंकास्पद गतिविधि भएको देखिएपछि हामीले तत्काल फरेन्सिक विज्ञ लगायतको विशेष टोली परिचानल गर्याैं। अनुसन्धानका क्रममा हामीले प्रभावित सिस्टमहरुमा डाटा ट्रान्सफर रोक्नुका साथै बाहिरका सम्बन्धित साझेदारहरुलाई पनि खबर गरेका छाैं’, वक्तव्यमा भनिएको छ।

तर यस घटनासँग जानकार व्यक्तिका ‍अनुसार ओलम्पस सेप्टेम्बर ८ को सबेरै भएको र्यान्समवयर हमलाबाट तङ्ग्रिँदैछ। ती व्यक्तिले ओलम्पसले भन्दा अगाडि नै घटनाको विवरण साझा गरेका थिए।

प्रभावित कम्प्युटरहरुमा छोडिएको र्यान्सम नोटमा ब्ल्याकम्याटर ग्रुपले गरेको दावी गर्दै लेखिएको छ, ‘तपाईँको नेटवर्क इन्क्रिप्ट गरिएको छ र यो अहिले चलाउन नमिल्ने छ। यसलाई डिक्रिप्ट गर्नका लागि भुक्ती गर्नुपर्ने हुन्छ।’

टेकक्रन्चले लेखे अनुसार ब्ल्याकम्याटर एउटा र्यान्समवयर-एज-अ-सर्भिस ग्रुप हो जुन डार्कसाइड लगायत थुप्रै र्यान्समवयर ग्रुपसँग सम्बन्धित छ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

ताजा समाचार