अलिबाबाका सीईओ ज्याक मा चर्चा-परिचर्चाबाट टाढा

Technology Khabar २८ भाद्र २०७८, सोमबार

अलिबाबाका सीईओ ज्याक मा चर्चा-परिचर्चाबाट टाढा

चीनको चर्चित ई-कमर्स साइट अलिबाबाका प्रमुख ज्याक मा चर्चा तथा स्पटलाइटहरुबाट टाढै बसिरहेको कम्पनीका एक कार्यकारीले बताएका छन्।

ज्याक मासँगै अलिबाबाका सह संस्थापकका रुपमा रहेका जो चाइले सञ्चारमाध्यम सीएनबीसीलाई आफ्नो भने मा सँग दैनिक कुराकानी हुने गरेको बताए।

‘उनी ठिक छन्। उनको शोख चित्रकलामा छ र उनी त्यसमा पोख्त पनि छन्,’ चाइले भने। मा गत नोभेम्बरमा चिनियाँ नियामकहरुको कडाइपछि प्राय: नेपथ्यमा रहँदै आएका छन्।

उनी चीनकै सबैभन्दा धनाढ्य व्यक्तिमा गनिएका थिए भने अलिबाबाको भगिनी संस्था एन्ट ग्रुपको शेयरको कारोबार पनि एकैपटक हङकङ र शांघाइको धितोपत्र बजारमा झण्डै २६.५ अर्ब डलर बराबर भएको थियो।

विश्वकै पहिलो सर्वाधिक ठूलो आईपीओ ल्याउन लागेकोमा गत नोभेम्बरमा अन्तिम समयमा रोकिदिएको थियो।

यसो हुनुमा ज्याक मा ले चिनियाँ वित्त क्षेत्रको बारेमा गरेको नकारात्मक टीप्पणी भएको आकलन गरिएको छ।

केही विश्लेषकहरु भने यो एउटा सामान्य र सोझो कम्पनीले प्रगति गरेर नेताहरुलाई समेत जोखिम देखिएकाले बेइजिङले जानी जानी दुख दिन खोजेको विचार राख्छन्।

एउटा वित्तीय प्रविधि कन्फ्रेन्समा मा ले परम्परागत बैंकलाई ‘प:न शप’ अर्थात् ‘सामान बन्धकी राखेर ऋण लिने पसल’ सँग तुलना गरेका थिए। उन्ले डिजिटल बैंकिङको फाइदाबारे बताउँदै भविष्यको ऋणको निर्णय धितोका आधारमा नभइ डाटाका आधारमा तय गरिनुपर्ने बताएका थिए।

यो टीप्पणीप्रति राज्य उनीसँग रुष्ट भएको थियो। यसै कारणले पनि उनको सबैभन्दा ठूलो आईपीओ जारी हुनबाट अन्तिम समयमा रोकिएको जानकार हरुको बुझाइ छ।

TK Viber

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

Loading...