शाओमी आगामी तीन वर्षमा विश्वकै नम्बर १ स्मार्टफोन ब्रान्ड बन्छ: लेई जुन

Technology Khabar २८ भाद्र २०७८, सोमबार

शाओमी आगामी तीन वर्षमा विश्वकै नम्बर १ स्मार्टफोन ब्रान्ड बन्छ: लेई जुन

काठमाडौं ।

शाओमी लामो समयसम्म नम्बर १ ब्रान्डका रुपमा स्थापित भइरहन गम्भीर रहेको बुझिएको छ।

कम्पनीका सीईओ लेइ जुनले कम्पनीले सामसङलाई उछिन्दै सबैभन्दा बढी स्मार्टफोन उत्पादन गर्ने कम्पनीको सूचीमा शीर्ष स्थानमा पुग्नु पहिलो चरण मात्र भएको र अझै प्रगति गर्न बाँकी रहेको बताएका छन्।

कम्पनी केही समयअघि सबैभन्दा धेरै स्मार्टफोन उत्पादन र बिक्री गर्ने सूचीमा तेस्रो नम्बरमा उक्लिएको र त्यसलगत्तै पहिलो नम्बरमा उक्लिन सफल भएको थियो भने १ महिनाको अवधिमा यो शीर्षस्थानमै रहेको छ।

लेइले भने, ‘शाओमीका फ्यानका मनमा यो एउटा सपनासहितको कम्पनी हो। हामीलाई विश्वास गर्नुभएकोमा सबैलाई धन्यवाद। अबको ३ वर्षमा शाओमी विश्वकै उत्कृष्ट र नम्बर १ स्मार्टफोन कम्पनीका रुपमा खडा हुनेछ।’

easy care

प्रकाशित: २८ भाद्र २०७८, सोमबार