यस्तो रङ र स्टोरेज अप्सनमा आउनेछ एप्पलको आईफोन १३ सिरिज

Technology Khabar २८ भाद्र २०७८, सोमबार

यस्तो रङ र स्टोरेज अप्सनमा आउनेछ एप्पलको आईफोन १३ सिरिज

एप्पल ‘आईफोन १३’ श्रृंखलाको प्रक्षेपण गर्न केहि दिन मात्र बाँकी छ। एप्पल कार्यक्रम सेप्टेम्बर १४ मा आयोजना हुनेछ, जसमा कुपर्टिनो कम्पनीले एप्पल वाच ७, एप्पल आईफोन १३ सिरिज र केहि अन्य उपकरणहरु प्रस्तुत गर्ने अपेक्षा गरिएको।

तर यसको आधिकारिक सुरुवात भन्दा पहिले नै यस श्रृंखलाको बारेमा केहि जानकारी इन्टरनेटमा लीक भएको छ। एक यूक्रेनी ईकमर्स साइटले आउँदो आईफोन १३ सिरिजका सबै जानकारीहरु लिक गरिदिएको छ।

एप्पलले आधिकारिक रुपमा आईफोन १३ सार्वजनिक गर्नुअघि नै सो ईकमर्सले नयाँ आइफोन कस्ता रङ र स्टोरेज क्षमतामा आउनेछ भनेर जानकारी दिएको एप्पल इन्साइडरले उल्लेख गरेको छ।

कम्पनीले आफ्नो स्मार्टफोन बजारमा ल्याउनु अघि विक्रेताहरुले त्यसका फिचर र योजनाबारे सबै जानकारी पाइसकेका हुन्छन्। एक बिक्रेताले दिएको जानकारीअनुसार नयाँ आईफोन १३ मिनी ६ ओटा रङमा आउनेछ। जसमा कालो, निलो, बैजनी, गुलाबी, सेतो र रातो रङ हुनेछ। आईफोन १३ मोडलपनि यिनै रङहरुमा उपलब्ध हुनेछ।

यसैगरी आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स ब्ल्याक, सिल्भर, गोल्ड र ब्रोन्ज रङ विकल्पमा आउनेछ।

लीक भएको जानकारीअनुसार आईफोन १३ को स्टोरेज अप्सनको बारेमा पनि थाहा भएको छ।

स्टोरेज अप्सनको आधारमा भने आईफोन १३ मिनीमा ६४ जीबी र १२८ जीबी स्टोरेज क्षमता हुनेछ।आईफोन १३ र आईफोन १३ प्रो १२८ जीबी र २४६ जीबी स्टोरेजका साथ आउनेछ। ‘आईफोन १३ प्रो म्याक्स २५६ जीबी र ५१२ जीबी विकल्पका साथ उपलब्ध हुनेछ।

यूक्रेनको यो साइटले यसअघि पनि नयाँ स्मार्टफोनका रङ र क्षमताका जानकारी लीक गरिसकेको थियो । यी साइटहरुले गर्ने लीक करिब आधा मिलिरहेको हुन्छ। यसपटक लीक भएको आईफोन १३ श्रृंखलाको जानकारी कति सही छ भनेर हेर्न भने केहि दिन कुर्नु आवश्यक छ।

TK Viber

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

Loading...