Technology Khabar २७ भाद्र २०७८, आईतवार
काठमाडौं ।
डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ।
कम्पनीकाअनुसार “डी–जो” भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरु लाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो।
आफ्ना उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागी आग्रह गदै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ जसले उपभोक्ताहरुलाई सशक्त बनाउँछ र उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । डीजोको फिलोसोफी र अहिलेसम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ। डीजोले सबैलाई आफुले बाचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको जानकारी दिएकोछ।
डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागी ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको छ। वास्तवमा, डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ–औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ।
डीजोको फोकस भनेको एआईओटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु मा ध्यान केन्द्रित रहेको छ।
कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ। अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् ।
डीजो स्टार ३०० को मूल्य रु २,०७८, डीजो स्टार ५०० को मूल्य रु २,८७८, गोपड्सको मूल्य रु ६,०६९,गोपड्स डीको मूल्य रु २,८९९ र स्मार्ट घडीको मूल्य रु. ६,४६४ रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०७८, आईतवार