अलीबाबा, टेनसेन्टलगायतलाई एक आपसमा नेटवर्क र लिंक खुला गर्न चीनको निर्देशन

Technology Khabar २७ भाद्र २०७८, आईतवार

अलीबाबा, टेनसेन्टलगायतलाई एक आपसमा नेटवर्क र लिंक खुला गर्न चीनको निर्देशन

चीनको उद्योग मन्त्रालयले अलीबाबा ग्रुप लिमिटेड र टेनसेन्ट होल्डिङ्गस लिमिटेड लगायत टेक्नोलोजी कम्पनीहरुलाई आफ्नो प्लेटफर्मबाट एक अर्काको वेबसाइट लिंक बन्द गर्ने (ब्लक) कार्य रोक्न भनेको छ।

हालै २१ बिजनेस हेराल्ड समाचार पत्रले अज्ञात स्रोतहरुलाई उद्धृत गर्दै दिएको समाचारअनुसार उद्योग र सूचना प्रविधि मन्त्रालयले शुक्रवार कम्पनीहरुलाई तत्काल सन्देश सेवाहरुको लागी मापदण्डको प्रस्ताव गरेको छ । जसमा उनीहरुको सबै प्लेटफर्महरुलाई एक निश्चित समयसम्म अनलक गर्नको लागी भनिएको छ।

यदि फर्महरु नयाँ नियम पालन गर्दैनन् भने यसको लागि अन्य उपायहरुको सहारा लिन सक्ने मन्त्रालयले भनेको समाचार पत्रले उल्लेख गरेको रोयटर्सले जनाएको छ।

हालको यो कदम टेक्नोलोजीदेखि मनोरन्जन र गेमिङ्ग कम्पनीहरुसम्मका उद्योगमा नियामकको हस्तक्षेपअन्तरगतको नवीनतम काम हो।

बैठकमा अलिबाबा, टेन्सेन्ट, बाइटडान्स, बाइडु इंक, ह्वावे टेक्नोलोजी कम्पनी र शाओमी कर्प लगायतका कम्पनीहरु समावेश थिए ।

चीनको इन्टरनेटमा मुट्ठीभर टेक्नोलोजी दिग्गजहरुको प्रभुत्व छ, जसले ऐतिहासिक रुपमा आफ्नो प्लेटफर्ममा प्रतिद्वन्द्वीहरुका लिंक र सेवाहरुलाई अवरुद्ध गरिरहेका छन् जसलाई विश्लेषकहरुले “पर्खाल बगैंचा” को रूपमा वर्णन गरेका छन्।

कम्पनीहरुले एकाधिकार निर्माण गर्ने र उपभोक्ताहरुको छनौट प्रतिबन्ध लगाएको आरोप लगाउँदै हालैका महिनाहरुमा नियामकहरुले कारबाही गरिरहेका छन्।

TK Viber

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

Loading...