मोटरसाइकलबाट आउने कम्पनले आईफोनका क्यामरामा समस्या आउन सक्ने एप्पलको चेतावनी

Technology Khabar २७ भाद्र २०७८, आईतवार

मोटरसाइकलबाट आउने कम्पनले आईफोनका क्यामरामा समस्या आउन सक्ने एप्पलको चेतावनी

एप्पलले हालै नयाँ सपोर्ट पेजमा उच्च क्षमताका मोटरसाइकलमार्फत् उत्पन्न हुने कम्पनले आईफोनको क्यामरालाई कसरी असर पार्न सक्छ भनेर व्याख्या गरेको छ।

कम्पनीले लामो समयसम्म निश्चित फ्रिक्वेन्सी रेन्जमा उत्पन्न हुने उच्च एम्प्लिच्युडको कम्पन झेलिरहनु परेको खण्डमा आईफोनमा रहेका अप्टिकल इमेज स्टाबिलाइजेशन तथा क्लोज्ड-लूप अटोफोकसजस्ता केही फिचरहरु असर पर्ने बताएको हो।

म्याकरुमर्सका अनुसार उक्त सपोर्ट पेजमा ‘उच्च क्षमताका मोटरसाइकललगायतबाट आउने निश्चित फ्रिक्वेन्सी रेन्जभित्र उच्च एम्प्लिच्युडयुक्त कम्पनमा लगातार साक्षात्कार गराउँदा तपाईँका आईफोनको क्यामरामा समस्या आउन सक्छ’ भनेर लेखिएको थियो।

यस्ता कम्पनले यी सिस्टमहरुको कार्यक्षमतामा कमी ल्याउने र फोटो तथा भिडियोको गुणस्तर पनि घटाउने कम्पनीले जनाएको छ।

अर्कोतिर एप्पलले आईफोनलाई मोपेड तथा स्कूटरजस्ता हलुका र विद्युतीय सवारी साधनमा अट्याच गर्नाले एम्प्लिच्युड कम्पन कम हुने बताउँदै आफ्ना ओआईएस र एएफ सिस्टम बचाउनका लागि भाइब्रेशनबाट जोगाउने माउन्टको प्रयोग गर्न सुझाएको छ।

एप्पलले यस्ता जोखिम कम गर्न कम्पनमा धेरै समय फोनलाई लिएर नहिँड्न पनि सुझाएको छ।

TK Viber

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

Loading...