प्रदेश नं २मा पोल भाडा नतिर्ने केबुल र इन्टरनेट सेवाको तार हटाउने टेलिकम निर्देशनालयको चेतावनी

Technology Khabar २७ भाद्र २०७८, आईतवार

प्रदेश नं २मा पोल भाडा नतिर्ने केबुल र इन्टरनेट सेवाको तार हटाउने टेलिकम निर्देशनालयको चेतावनी
फाइल तस्विर

काठमाडौं ।

नेपाल टेलिकमले प्रदेश नं २ का विभिन्न स्थानमा आफ्नो टेलिफोन पोल प्रयोग गरिरहेका तर पोल भाडा केबुल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरुको तार हटाईदिने भएको छ ।

कम्पनीको प्रदेश नं. २ स्थित प्रादेशिक कार्यालयले कात्तिक १ गतेदेखि पोल भाडा भुक्तानी नगर्ने सेवा प्रदायकहरुको तार हटाईदिने चेतावनी दिएको हो ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै असोज मसान्तसम्म सम्झौता गरि पोल प्रयोग गरे बापतको भाडा तिर्न आग्रह गरेको हो।

सोहीअनुसार पोल भाडा नतिर्नेको तार  कुनैपनि बेला हटाईदिने जनाएको छ ।

“कम्पनीको प्रदेश नं. २ निर्देशनालयअन्तरगतका वीरगञ्ज, जनकपुर, मलङ्गवा, हरिवन, राजविराज, लाहान तथा अन्तर्गत रहेका स्थानहरूमा यस कम्पनीका पोल प्रयोग गर्नुभएका सम्पूर्ण केबुल टिभी सञ्चालकहरू, इन्टरनेट सेवा प्रदायकहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा गत आर्थिक वर्ष २०७७/७८ सम्मको पोल भाडा बापतको रकम तिर्न २०७८ असोज मसान्तसम्म यस कम्पनीको नजिकको कार्यालयमा सम्पर्क गरि भुक्तानी गर्नहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

पोलबाट तार हटाउँदा उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायकहरू नै जिम्मेवार हुने समेत टेलिकमले जनाएको छ ।

easy care

प्रकाशित: २७ भाद्र २०७८, आईतवार