गुगल वनद्वारा ५ टीबी स्टोरेज प्लान थप

Technology Khabar २७ भाद्र २०७८, आईतवार

गुगल वनद्वारा ५ टीबी स्टोरेज प्लान थप

धेरै फोन चलाउनेका लागि गुगल वनमा आकर्षक स्टोरेज अप्शन उपलब्ध छैन। यसमा १० डलर प्रतिमहिनाको २ टीबी वा ५० डलर प्रतिमहिनाको अप्शन मात्र पाइन्छ।

तर अब भने यी दुवैका बीच एउटा अर्को अप्शन गुगलले उपलब्ध गराउने भएको छ।

९टू५गुगलका अनुसार गुगलले प्रतिमहिना २५ डलरमा ५ टीबीको डाटा अप्शन थप गरेको जनाएको छ। यसमा २५० डलर तिरेर १ वर्षको सब्सक्रिप्शन गर्न पनि मिल्छ।

यो हालको माथिल्लो १० टीबीको ठिक आधा हो। यो नयाँ अप्शनले २ टीबीले नपुग्ने र १० टीबी स्टोरेज धेरै हुनेहरुका लागि निकै सहज हुने कम्पनीको बुझाइ छ।

यसमा २ टीबीको जस्तै एन्ड्रोइड भीपीएन, गुगल स्टोर खरिदको क्रेडिटमा १० प्रतिशत छुट तथा गुगल एक्सपर्टमा पहुँचजस्ता सुविधाहरु कायमै रहनेछन् भने योजनामा आफ्ना परिवारका सदस्यलाई पनि जोड्न सकिन्छ।

गुगलले गत जुनको शुरुवातमा गुगल फोटोजको निशुल्क अनलिमिटेड स्टोरेज हटाएको थियो। यसले यो सेवामा निर्भर भएकाहरुलाई केही असहज बनाएको थियो।

स्पेस कम भएको खण्डमा गुगल फोटोज र ड्राइभमध्ये कुनै एउटाको स्टोरेज भने यूजरले छोड्नुपर्ने स्थिति थियो।

TK Viber

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

Loading...