वालेटमार्फत रेमिट्यान्सको कार्य गर्न सकिने, नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्य

Technology Khabar २७ भाद्र २०७८, आईतवार

वालेटमार्फत रेमिट्यान्सको कार्य गर्न सकिने, नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्य

नेपाल पेमेन्ट सोलुसन प्रालि ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ ।

यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालि का चिफ एक्सपेरियन्स अधिक्रीत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन ।

यो प्रयासबाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्‍याउने गर्दछ । यो प्रणालीले सेवाग्राहिलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने कम्पनीको भनाई छ।

यो एक कस्टमाइज गरिएको वित्तिय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ । यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।

TK Viber

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

Loading...