अफ्रिकी देश घानाको सरकारले सबै शिक्षकहरुलाई ल्यापटप दिने

Technology Khabar २६ भाद्र २०७८, शनिबार

अफ्रिकी देश घानाको सरकारले सबै शिक्षकहरुलाई ल्यापटप दिने
सांकेतिक

घाना सरकारले सबै शिक्षकहरुलाई ल्यापटप दिन शुरु गरेको छ।

अफ्रिकी देश घानाका उपराष्ट्रपति महामुदु बावुमियाले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम अन्तर्गत ३५०,००० ल्यापटप मध्ये पहिलो चरणमा शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका छन्।

उनले नयाँ कार्यक्रमले घानाका शिक्षकहरुलाई चौथो औद्योगिक क्रान्तिको लागी आउँदो पुस्तालाई आवश्यक आईसीटी सीप प्रदान गर्ने सरकारको वाचा पूरा गर्ने बताएका छन् ।

यस पहल अन्तर्गत, सरकारले किन्डरगार्डेनदेखि उच्च माध्यमिक स्तरसम्म घानाका हरेक शिक्षकलाई ल्यापटप दिनेछ। ल्यापटप शैक्षिक सामग्रीको साथ प्रिलोड गरीएको छ र विभिन्न विषयहरुमा जीईएसद्वारा सिफारिश गरिएका किताबहरुबाट सुसज्जित एक ई-पुस्तकालयको उपयोगमा पहुँच प्रदान गरिएको छ।

TK Viber

प्रकाशित: २६ भाद्र २०७८, शनिबार

Loading...