ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पहिलो पटक जनतामा १०० प्रतिशत पुग्यो

Technology Khabar २६ भाद्र २०७८, शनिबार

ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पहिलो पटक जनतामा १०० प्रतिशत पुग्यो

काठमाडौं ।

नेपालमा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो पटक १०० प्रतिशत नाघेको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असार महिनाको तथ्यांकअनुसार तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या १०२.४० प्रतिशत पुगेको हो ।

तथ्यांकअनुसार ब्रोडब्याण्डको प्रयोगकर्ता संख्या १०२.४० प्रतिशत पुर्याउनका लागि मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्डले सहयोग गरेको देखिन्छ।

रिपोर्टअनुसार फिक्स्ड ब्रोडब्याण्ड वायर्डका प्रयोगकर्ताहरुमध्ये असारमा एडीएसएलका ७, २८, ८३७, केबल एफटीटीएचतर्फ ७०, २७, १०७ र इन्टरनेट लिज लाइन तर्फ १,२३० गरी कुल ७७,५७, १७४ ग्राहक रहेका छन्।

यस्तै फिक्स्ड ब्रोडब्याण्ड वायरलेसतर्फ रेडियो वाइफाइका १,२१,३६६  तथा वाइम्याक्सका ९०, ५७८ प्रयोगकर्ता रहेका छन्।

त्यसैगरी मोबाइल ब्रोडब्याण्डको प्रयोगकर्ताहरुको  सङ्ख्या थ्रीजी, फोरजी र ईभिडियोका गरी कुल २ करोड २९ लाख ८५ हजार २७ रहेको छ।

*हेडलाइन सम्पादित

Global Bank
easy care

प्रकाशित: २६ भाद्र २०७८, शनिबार

ताजा समाचार