एप्पलको आईफोन १३ सिरिजअगावै आईफोन १४ को विवरण लीक, के के हुनेछन् विशेषता?

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

एप्पलको आईफोन १३ सिरिजअगावै आईफोन १४ को विवरण लीक, के के हुनेछन् विशेषता?

एप्पल आईफोन १३ सिरिजअगावै आईफोन १३ सँग सम्बन्धित केही विवरणहरु बाहिरिएका छन्।

आईफोन १३ सिरिज आगामी सेप्टेम्बर १४ मा सार्वजिन गरिँदैछ। टिपस्टर जोन प्रोस्सरले हालै आईफोन १४ को डिजाइनबारे केही जानकारी खुलाएका छन्।

खबरहरुका अनुसार यूजरहरु हालसालै सार्वजनिक हुँदै गरेको आईफोन १३ भन्दा अनाधिकारिक रुपमा विवरण लीक भएको आईफोन १४ प्रति आकर्षित र उत्सुक देखिएका छन्।

यस्ता छन् बाहिरिएका विवरण

लीक भएका रिपोर्टलाई मान्ने हो भने एप्पलको आईफोन १४ को डिजाइनमा  थुप्रै परिवर्तन देख्न सकिने एबीपीलाईभ नामक समाचार संस्थाले उल्लेख गरेको छ।

एप्पल आईफोन १४ मा कम्पनीले नच बिनाको अगाडिपट्टि एउटा पन्च-होल क्यामरा दिन सक्ने बुझिएको छ। यसबाहेक फोनमा पछाडि कुनै क्यामरा बम्प रहने छैन।

यसमा आईफोन ४ मा भएको जस्तो गोलाकार भोल्युम बटन रहन सक्ने आकलन गरिएको छ। तर यो सबै अन्दाजमा आधारित भएको र कम्पनीका तर्फबाट कुनै आधिकारिक जानकारी नआएको समाचारमा उल्लेख छ।

यसमा ८ के भिडियो रेकर्डिङ सुविधा रहन सक्ने तथा पछाडि ४८ मेगापिक्सेल क्यामरा रहन सक्ने बताइएको छ।

TK Viber

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

Loading...