परनिर्भरता कम गर्न कस्टम सर्भर चिप निर्माण गर्दै फेसबुक

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

परनिर्भरता कम गर्न कस्टम सर्भर चिप निर्माण गर्दै फेसबुक

फेसबुकले इन्टेल तथा क्वालकमसँगको परनिर्भरता कम गर्न आफैंले कस्टम सर्भर चिप बनाउने भएको छ।

द इन्फर्मेशनका अनुसार सामाजिक सञ्जाल फेसबुकले आफ्ना डाटा सेन्टरकालागि आवश्यक कस्टम सर्भर चिप निर्माण गर्न लागेको हो।

यसका लागि आवश्यकमध्ये एउटा प्रोसेसर फेसबुकको कन्टेन्ट सुझाउने अल्गोरिदम  लगायतका मेशिन लर्निङमा सहयोग गर्न र अर्को भने लाइभस्ट्रिम गरिएका भिडियोहरुको गुणस्तर बढाउन भिडियो ट्रान्सकोडिङ गर्न सघाउने गरी डिजाइन गरिएको छ।

अन्य चिप निर्माताहरुमाथिको परनिर्भरता घटाउनुका साथै यो कस्टम डिजाइनको निर्णयले फेसबुकलाई आफ्ना डाटा सेन्टरमा कार्बन कम गराउन पनि मद्दत पुर्याउने बुझिएको छ।

यो नयाँ चिपले कम्पनीले हाल प्रयोग गरिरहेका तेस्रो पक्षका चिपहरुसँगै काम गर्ने र पुरानालाई पूर्ण रुपमा विस्थापित गर्ने किसिमको नहुने बताइएको छ।

‘फेसबुकले सिलिकन साझेदार र आफ्नै भित्री प्रयासमार्फत् उच्च तहको प्रदर्शन र क्षमता अभिवृद्धिका लागि क्षेत्रको खोजी गर्दै आइरहेको छ’, फेसबुकका एक प्रवक्ताले इन्ग्याजेटलाई बताए।

उनले आफूसँग यतिबेला साझा गर्न लायक भविष्यका कुनै पनि नयाँ योजना नभएको पनि बताए।

TK Viber

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

Loading...