सामसङको चिप फ्याक्ट्री बन्ने ठाउँ लगभग पक्का : टेक्सस काउन्टी न्यायाधीश

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

सामसङको चिप फ्याक्ट्री बन्ने ठाउँ लगभग पक्का : टेक्सस काउन्टी न्यायाधीश

सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा १७ अर्ब डलरको लगानीमा स्थापना गर्ने प्लान्ट बस्ने ठाउँको लगभग टुंगो लागेको छ।

टेक्ससको विलियम्सन काउन्टीका न्यायाधीशले बिहीबार यस्तो बताएका हुन्।

‘यो निर्णय लगभग टुंगोमा पुगेको छ। सामसङले हरेक कदम सोचेर चाल्ने गर्छ’, काउन्टी न्यायाधीश बिल ग्राभेलले समाचार संस्था रोयटर्ससँगको अन्तरवार्ताका क्रममा भने।

यस सम्बन्धमा सामसङले ६० लाख वर्ग फीटको क्षेत्रमा आगामी जनवरीमा प्लान्ट निर्माण थाल्ने बताउँदै आगामी २०२४ सम्ममा उत्पादन शुरु गरिसक्ने जनाएको छ।

कम्पनीले ठाउँको निश्चित नभइसकेकाले विलियम्सन काउन्टीको दक्षिणतर्फको अस्टिन तथा न्यूयोर्क र क्यालिफोर्नियामा समेत ठाउँका लागि पहल भइरहेको जानकारी दिएको छ।

यो सामसङको अमेरिकामा दोस्रो चिप फ्याक्ट्रीको रुपमा रहनेछ जुन विश्वव्यापी चिप अभावका कारण विश्वकै स्मार्ट डिभाइस तथा अटो क्षेत्र आक्रान्त भएका बेला स्थापना हुनेछ।

TK Viber

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

Loading...