भारतमा फेरि पड्कियो वनप्लस नर्ड २, यसपटक वकिलको कोटको खल्तीमा

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

भारतमा फेरि पड्कियो वनप्लस नर्ड २, यसपटक वकिलको कोटको खल्तीमा

काठमाडौं ।

भारतमा फेरि अर्को वनप्लसको नर्ड २ स्मार्टफोन विस्फोट भएको छ। यसपटक यो घटना अदालतका एक वकिलसँग सम्बन्धित छ।

उनका अनुसार यतिकै राखिरहेको फोनमा आगलागी भएर अचानक विस्फोट भएको थियो।

यो खबर माइस्मार्टप्राइस नामक वेबसाइटमा आएको हो। वेबसाइटका अनुसार ट्वीटरमा गोरव गुलाटी नाम रहेका एक यूजरले आफ्नो वनप्लस नर्ड २ स्मार्टफोन हालसालै आगलागी भएर विस्फोट भएको दावी गरेका बताइएको छ।

यो पनि पढ्नुहोस्

वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते

भारतमा यो डिभाइस विस्फोट भएको यो दोस्रो पटक हो। गत अगस्टमा उक्त ब्रान्डको यही मोडल पड्किएकोमा कम्पनीले डिभाइस समस्या नभइ बाहिरी कारणले घटना भएको जनाएको थियो।

तर यस पटक भने भारतीय अदालतका वकिलसमेत रहेका गुलाटीले उक्त फोन आफ्नो कालो कोटको खल्तीमा रहेको र अकस्मात तातोपना महसुस गरेको दावी गरेका छन्।

यसपछि आफूले फोन झिकेर हुत्याएको, हुत्याउँदा फोनबाट धुवाँ आइरहेको एकैछिनमा अदालतको च्याम्बरमा विस्फोट भएको गुलाटीको भनाइ छ।

उनले घटनाका बेला डिभाइस चार्जमा नभएको र त्यसमा ९० प्रतिशत हाराहारीमा ब्याट्री रहेको पनि बताएका छन्।

यसबारेमा वनप्लसले विस्फोट भएको डिभाइस बुझाउन आग्रह गरेको थियो। गुलाटीले आफ्नो डिभाइस प्रहरीमा बुझाएको र कम्पनीको भारत शाखामा आधिकारिक उजुरी दर्ता गरेको चिनियाँ सञ्चारमाध्यम गिज्मोचाइनाले उल्लेख गरेको छ।

यसबाहेक उनले उपभोक्ता अदालतमा भारतमा उक्त डिभाइस बेच्न प्रतिबन्ध लगाउनु पर्ने मागसहित उजुरी दिएका बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

ताजा समाचार