शाओमी ११टी र ११टी प्रोमा ३ ओटा एन्ड्रोइड अपडेट तथा ४ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुने

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

शाओमी ११टी र ११टी प्रोमा ३ ओटा एन्ड्रोइड अपडेट तथा ४ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्ना ११टी तथा ११टी प्रो डिभाइसहरुमा तीन ओटा एन्ड्रोइड भर्सन तथा ४ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध गराउने भएको छ।

हालसम्म लीक र हल्लामै रहेको यो जानकारीका बारेमा कम्पनीले आगामी सेप्टेम्बर १५ को आफ्नो इभेन्टमा आधिकारिक घोषणा गर्ने आकलन गरिएको छ।

कम्पनीले आफ्नो प्रेव विज्ञप्तिमा उक्त इभेन्टमा अन्य डिभाइसहरुका बारेमा चर्चा नगरिने जनाएकाले ११टी र ११टी प्रो मै केन्द्रित रहने अपेक्षा गर्न सकिन्छ।

कम्पनीले इभेन्टमा आफ्ना डिभाइसमा विस्तारित एन्ड्रोइड भर्सन तथा सेक्युरिटी प्याचलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने समीक्षा गरिने बताएको छ।

शाओमी इन्टरनेशनलका प्रडक्ट एन्ड टेक्नोलोजीका प्रमुख अल्बर्ट शानले भने, ‘स्मार्टफोनको हार्डवयरमा गरिएको निरन्तर सुधारमार्फत् डिभाइसको लाइफ बढ्दै गएकाले यूजरले यस्ता डिभाइस छिट्टै परिवर्तन गर्नु नपर्ने भएको छ। यसै कारण उपभोक्ताले नयाँ अपरेटिङ सिस्टम र फिचरहरु प्राप्त गर्नेतर्फ महत्व दिन थालेका छन्।’

उनले शाओमीका सबै पुराना स्मार्टफोनमा अपरेटिश्र सिस्टम र सेक्युरिटी प्याच उपलब्ध गराउन सम्भव नभएकाले नयाँ डिभाइसबाट यसको शुरुवात गरेको बताए।

Global Bank
easy care

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

ताजा समाचार