नेपाल बैंकको सेवाहरु आज रातीदेखि भोलीसम्म बन्द, डाटा सेन्टर माइग्रेट गरिने

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

नेपाल बैंकको सेवाहरु आज रातीदेखि भोलीसम्म बन्द, डाटा सेन्टर माइग्रेट गरिने

नेपाल बैंकको सेवाहरु आज र भोली बन्द हुने भएका छन् । बैंकले आफ्नो सफ्टवेयर सिस्टममा भएका डाटाहरु माइग्रेट गर्नका लागि आज राती १२ बजेदेखि भोली दिउँसोसम्म सेवा बन्द हुने भएको हो ।

नेपाल बैंकले सूचना प्रकाशित गर्दै डाटा सेन्टर माइग्रेसनको कार्य गर्न लागेको जानकारी दिएको छ।

बैंकका अनुसार आज राती १२ बजेदेखि भोली दिउँसो ३ बजेसम्म मोबाइल बैंकिङ्ग, कोर बैकिङ्ग, एटिएम सेवा, इन्टरनेट बैकिङ्ग र अन्य सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने जानकारी दिएको छ।

TK Viber

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

Loading...