नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गैरकानूनी रहेको जनाएको छ।

बैंकले आज विदेशी विनिमय ऐन २०१९ को अधिकार प्रयोग गरी सूचना जारी गरेर यस्ता गैरकानूनी क्रियाकलापसम्बन्धी कुनै पनि काम नगर्न/नगराउन निर्देशन पनि दिएको छ।

नेपालका बैक तथा वित्तीय संस्थाहरुको नियामक तथा केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले हिजोआज क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङजस्ता काममा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने गरेको पाइएकोले सर्वसाधारण ठगिन सक्ने देखिएको हुँदा यस्ता काममा संलग्न भएको पाइएइमा कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ।

यसअघि पनि केन्द्रिय बैंकले नेपालभित्र क्रिप्टोकरेन्सीको कारोबार माइनिङ्ग लगायतका गतिबिधि अवैध रहेको जनाएको थियो ।

क्रिप्टोकरेन्सीलाई अबैध गरेपनि बैंकले भने आफ्नै केन्द्रिय डिजिटल मुद्रा ल्याउने योजना गरिरहेको छ र यसको लागि चालु आर्थिक वर्षमा नै अध्ययन गर्ने भएको छ ।

TK Viber

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

Loading...