एन्ड्रोइड चलाउनुहुन्छ? त्यसो भए यी विशेष ट्रिक तपाईँका लागि लाभदायक हुन सक्छन्

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

एन्ड्रोइड चलाउनुहुन्छ? त्यसो भए यी विशेष ट्रिक तपाईँका लागि लाभदायक हुन सक्छन्

काठमाडौं ।

यदि तपाईँ एन्ड्रोइड फोन चलाउनु हुन्छ र फोन बदल्दै हुनुहुन्छ भने केही सजिलो चरणहरुको पालना गर्दै आफ्ना भने आफ्ना सबै कन्ट्याक्टलाई नयाँ एन्ड्रोइड फोनमा सार्न सक्नुहुनेछ।

कुनै पनि कारणले आफ्नो स्मार्टफोन परिवर्तन गर्नु एक हिसाबले रमाइलो भए पनि अघिल्लोमा रहेका महत्वपूर्ण डाटा नयाँमा ल्याउनु झण्झटिलो हुन सक्छ।

किनकि यसका लागि हामीलाई आफ्नो पुरानो फोनको डाटा, कन्ट्याक्ट तथा अन्य थुप्रै प्रकारका सेटिङहरुसमेत बदल्नुपर्ने हुन सक्छ।

हरेक व्यक्तिको अलग-अलग व्यक्तिगत रोजाइ हुने भएकाले नया स्मार्टफोन लिएपछि सेटिङ गर्न केही समय लाग्ने गर्छ। त्यसमाथि कन्ट्याक्ट वा डाटा ट्रान्सफर गर्नका लागि पनि निकै झण्झटिलो हुन सक्छ।

तर यदि यो विशेष ट्रिक अपनाएको खण्डमा हामीले आफ्ना पुराना एन्ड्रोइड फोनबाट नयाँ फोनमा पूर्ण रुपले परिवर्तन ल्याउन सक्छाैं।

गुगल एकाउन्टको प्रयोग मार्फत्

  • सबैभन्दा पहिले आफ्नो गुगल एकाउन्ट हटाउन तथा अघिल्लो फोनबाट डाटा मेटाउनका लागि पहिले आफ्नो कन्ट्याक्ट्सलाई सिंक गरिएको छ किन छैन पक्का गर्नुहोस्।
  • यसका लागि यूज़रले फोनको सेटिङ्समा गएर स्क्रोल डाउन गर्नुहोस्। त्यसपछि आफ्नो कन्ट्याक्ट्सलाई सिंक गर्नका लागि एकाउन्ट्स या सिंकमा क्लिक गर्नुहोस्।
  • अब कन्ट्याक्ट्सलाई सेभ गर्नुपर्ने गुगल एकाउन्ट सेलेक्ट गर्नुहोस्।
  • ड्रप डाउन मेनुबाट एकाउन्ट सिंकलाई सेलेक्ट गर्नुहोस्। यदि तपाईँको डिभाइसमा यो पेज नदेखिए अर्को पेजमा जानुहोस्।
  • यसपछि तपाईँको कन्ट्याक्ट्स पेजमा इनेबल भएको सुनिश्चित गर्नुहोस्। त्यसलगत्तै तीन ओटा थोप्ला भएका थ्री डट अप्शनमा क्लिक गरेर सिंक नाउमा ट्याप गर्नुहोस्। यसो गर्नाले तपाईँको सबै कन्ट्याक्ट तपाईँले भनेको गुगल एकाउन्टसँग सिंक्रोनाइज भएको सुनिश्चित हुन्छ।
  • यसपछि आफ्नो नयाँ डिभाइसमा त्यही गुगल एकाउन्टबाट लग इन गर्नुहोस्। अब सबै कन्ट्याक्ट तपाईँको नयाँ फोनमा पाउनुहुनेछ।

 

भीकार्ड फाइलको प्रयोग मार्फत्

  • भीकार्ड फाइलको प्रयोग गरेर पनि आफ्ना कन्ट्याक्टलाई अफलाइन नै एक्पोर्ट गर्न सकिन्छ। यसका लागि निम्न चरणहरुको पालना गर्नुपर्छ:
  • कन्ट्याक्ट एपमा गएर मेनुको अप्शन खोल्नुहोस्। यसलाई थ्री डट्स आइकनमार्फत् पनि खोल्न सकिन्छ।
  • अब सेटिङ्समा ट्याप गर्नुहोस्। त्यहाँ रहेको अर्को मेनुबाट एक्सपोर्ट सेलेक्ट गर्नुहोस्।
  • अब कन्ट्याक्ट एक्सपोर्ट गर्ने एकाउन्ट सेलेक्ट गर्नुहोस्।
  • यसपछि फाइललाई आफ्नो नयाँ डिभाइसमा ट्रान्सफर गर्नुहोस्। ब्लूटूथ, ईमेल, ह्वाट्सएप वा आफ्नो मनपर्ने कुनै पनि तरिका प्रयोग गर्न सकिन्छ।
  • आफ्नो नयाँ डिभाइसमा कन्ट्याक्ट एप खोल्नुहोस्। त्यहाँ रहेको अप्शन मेनुबाट सेटिङमा गएर इम्पोर्टमा ट्याप गर्नुहोस्।
  • अब अन्त्यमा .vcf फाइल अप्शन सेलेक्ट गर्नुहोस्। त्यसपछि इम्पोर्ट गरिएका कन्ट्याक्ट सेभ गर्नुपर्ने एकाउन्ट छान्नुहोस्।
  • अर्को पेजमा .vcf फाइल खोजेर ओकेमा ट्याप गर्नुहोस्।
telecom
easy care

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार