सामसङ र एलजीले भियतनाममा भएका प्लान्टका लागि हजारौं कामदारलाई जागिर दिँदै

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

सामसङ र एलजीले भियतनाममा भएका प्लान्टका लागि हजारौं कामदारलाई जागिर दिँदै

काठमाडौं ।

दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले २३ करोड अमेरिकी डलर लगानी भियतनामको हनोईमा एउटा आर एण्ड डी सेन्टर बनाउनको लागी गरिरहेको छ, जुन २०२२ मा सञ्चालनमा आउनेछ। हालै यसको लागि कम्पनीले कर्मचारीहरुको माग गरेको छ जहाँ र २,२००-३,००० कर्मचारी भर्ना गर्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियामा आधारित अर्को इलेक्ट्रोनिक्स जायन्ट एलजी इलेक्ट्रोनिक्सको हाईफोङ्ग भियतनाममा घरेलु उपकरण, स्मार्टफोन, र कार इन्फरमेशन एण्ड इन्फोटेन्मेन्ट उत्पादनहरु को लागी १.५ अर्ब डलर लगानीको कारखानाले पनि ईन्जिनियर र कामदारहरु भर्ना गर्दैछ।

हाइफोङ्गमा एलजी डिस्प्लेको फ्यासिलिटीमा जागिरको लागि धेरै वकिलहरु, सामान्य मामिलाका सहायकहरु, अनुसन्धान र विकासको लागी ईन्जिनियरहरु, उत्पादन, स्वास्थ्य र सुरक्षा, टेक्नोलोजी र आईटी सहायकहरु खोजिरहेको भीआईआरले उल्लेख गरेको छ।

भीआईआरका अनुसार सामसङको भियतनाममा १७.५  अर्ब अमेरिकी डलर भन्दा बढीको कुल लगानी पूँजी छ र १ लाख ६० हजार भन्दा धेरै स्थानीय कामदारहरु कार्यरत छन्।

सामसङको हो ची मिन्ह सिटी, हनोई, र बाक निङ्ग र थाई गुएनाको प्रान्तहरुमा उत्पादन सुविधाहरु छन् जहाँ ह्यान्डसेट र घरेलु इलेक्ट्रोनिक्स निर्माण गर्दछ।

२०२० मा भियतनामको कुल निर्यातमध्ये सामसङले एक्लै त्यसमध्ये २० प्रतिशत भन्दा बढी निर्यात गरेको थियो।

एलजी र सामसङ भियतनाममा अग्रणी निर्यातकहरु हुन्। सन् २०२१ को पहिलो सात महिनामा भियतनामको ह्यान्डसेट र उनीहरुको स्पेयर पार्ट्सको निर्यात १२ प्रतिशतले बढेर २९.४ अर्ब अमेरिकी डलर भयो, वा यसको कुल निर्यातको १५.८ प्रतिशत हो।

सोही अवधिमा, नोटबुक, स्पेयर पार्ट्स र अन्य इलेक्ट्रोनिक्सको निर्यात १६.५ प्रतिशत वृद्धि हुँदै २७.४ अर्ब अमेरिकी डलर पुग्यो।

easy care

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार