माइक्रोसफ्टद्वारा क्लिपच्याम्पको स्वामित्व ग्रहण, विन्डोजमा भिडियो एडिटिङमा सुधार आउने

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

माइक्रोसफ्टद्वारा क्लिपच्याम्पको स्वामित्व ग्रहण, विन्डोजमा भिडियो एडिटिङमा सुधार आउने

टेक जायन्ट कम्पनी माइक्रोसफ्टले ब्राउजरमा आधारित भिडियो एडिटिङ टूल च्यापम्यानको स्वामित्व ग्रहण गर्ने भएको छ।

कम्पनीले यो टूल विन्डोजका लागि निकै सुहाउँदो भएको बताएको छ।

सन् २०१३ मा स्थापना भएको क्लिपच्याम्पले यूजरलाई ब्राउजरमा भिडियो सिर्जना र एडिट गर्नका साथै त्यसलाई रेन्डर गर्नका लागि जीपीयूको पूर्ण रुपमा उपयोग गर्न सघाउँछ।

क्लिपच्याम्पलाई गुगल, डेल तथा डिलोइटजस्ता कम्पनीले प्रयोग गर्दै आइरहेका छन्।

माइक्रोसफ्टले अहिले क्लिपच्याम्पलाई माइक्रोसफ्ट ३६५ र सम्भवत: विन्डोजमा इन्टिग्रेट गर्ने योजना बनाइरहेको बुझिएको छ।

‘पर्सनल कम्प्युटरको क्षमता पुरै प्रयोग गर्ने वेब एप भएकाले क्लिपच्याम्पले व्यक्ति, परिवार, विद्यालय तथा व्यवसायका लागि माइक्रोसफ्ट ३६५ मा क्लाउडमा आधारित उत्पादनशीलताको अनुभवलाई अझ बढाउन सुहाउँदो छ’, माइक्रोसफ्टको अफिस मिडिया ग्रुपका कर्पोरेट उपाध्यक्ष क्रिस प्याट्लीले भने।

उनका अनुसार यो एप माइक्रोसफ्ट विन्डोजमा राम्ररी फिट हुने हुनाले यसलाई भविष्यमा विन्डोजमै इन्टिग्रेट गर्न पनि सकिन्छ। यसबाहेक यसपछि विन्डोज ११ को अवस्था पनि अझै सुध्रने कम्पनीको अपेक्षा छ।

TK Viber

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

Loading...