एप्पल इभेन्टको १ महिना अघि अपडेटेड म्यागसेफ चार्जर एफसीसीमा सूचीकृत

Technology Khabar २३ भाद्र २०७८, बुधबार

एप्पल इभेन्टको १ महिना अघि अपडेटेड म्यागसेफ चार्जर एफसीसीमा सूचीकृत

काठमाडौं ।

केही समय अघि ९टू५म्याकले एप्पलले एफसीसीमा अपडेटेड म्यागसेफ चार्जरको सर्टिफिकेशनका लागि आवेदन दिएको खबर सार्वजनिक गरेको थियो।

उक्त मोडल अगस्ट १३ मा एफसीसीले आफ्नो डाटाबेसमा सूचीकृत गरेको छ। यो समय एप्पलको आधिकारिक उत्पादन सार्वजनिक हुने सेप्टेम्बर १४ भन्दा ठिक एक महिना अघिको कुरा हो।

यो नयाँ र अपडेटेड म्यागसेफ चार्जरको मोडल नम्बर ए२५४८ हो भने हाल बजारमा उपलब्ध भइरहेका र आईफोन १२ का लागि प्रयोग भइरहेका म्यागसेफ भेरियन्टहरुको मोडल नम्बर भने ए२१४० रहेको थियो।

एप्पलले कहिलेकाहीँ बजारमा उपलब्ध उत्पादनहरुको नयाँ मोडल ल्याउने तर त्यसमा पुरानोमा भन्दा कुनै पनि कुराहरु परिवर्तन नहुने गरेको पनि पाइएको छ।

तर नयाँ म्यागसेफ चार्जर भने ८ ओटा मोडलका फोनहरुमा परीक्षण गरिएको छ। यी ड मोडलमा बजारमा आउँदै गरेका आईफोन १३ का ४ भेरियन्ट पनि समावेश छन्। यसबाहेकका ४ मोडल भने यसअद्धि म्यागसर्फ चार्जर प्रयोग गरिरहेका आईफोन १२ का ४ भेरियन्टहरु रहेका छन्।

एफसीसीमा दिइएको आवेदन अनुसार यो नयाँ म्यागसेफमा पहिलेकोमा भन्दा कुनै फिचर फरक नभएको बुझिएको छ। तर बजारमा चलेका हल्लाहरुमा भने यसमा पहिलेको भन्दा ठूलो चार्जिङ क्वाइल रहने आकलन व्याप्त छ।

Global Bank
easy care

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

ताजा समाचार