चीन फाइभजी प्रविधिमा विश्वकै अग्रणी देश हो : क्वालकम

Technology Khabar २३ भाद्र २०७८, बुधबार

चीन फाइभजी प्रविधिमा विश्वकै अग्रणी देश हो : क्वालकम

क्वालकम चाइनाका अध्यक्ष मेङ पु ले हालै चीनमा फाइभजीको अवस्थाबारे जानकारी दिन एउटा लाइभ ब्रोडकास्ट गरेका छन्। उनका अनुसार चीन फाइभजी लाइसेन्स उपलब्ध गराउने पहिलो देश हो।

२ वर्षको विकासपछि चीनले फाइभजीका क्षेत्रमा निकै राम्रो नतिजा हासिल गरेको छ। चीनमा तीन मुख्य अपरेटरहरुले लगभग १० लाख ओटा फाइभजीका बेस स्टेशनहरु खडा गरेका छन्। यस बाहेक चीनभरीमा फाइभजी टर्मिनल कनेक्शनको सङ्ख्या ४० करोड पुगेको पु ले जानकारी दिए।

यो निकै उल्लेख्य उपलब्धि भएको र बेस स्टेशन र यूजरको सङ्ख्या धेरै नभए पनि चीन फाइभजीका क्षेत्रमै अग्रणी देश रहेको उनको बुझाइ छ।

पु चीनमा फाइभजीको व्यवसाय प्रवर्द्धन गर्ने जिम्मेवारी पाएका व्यक्ति हुन्। यसबाहेक उनी क्वालकमको उद्योग श्रृङ्खला तथा सेमिकन्डक्टरका क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्ने रणनीति अनुरुप चाइना मोबाइलसँग साझेदारी गर्ने पनि उनको महत्वपूर्ण जिम्मेवारीमा परेको छ।

चीनको एउटा शहरमा भएका फाइभजी बेस स्टेशनहरु समग्र यूरोपमा भन्दा बढी छ।

हालै चीनका सूचना प्रविधिमन्त्री शियाओ येछिङले हालसम्म चीनमा ९ लाख ९३ हजार बेस स्टेशन निर्माण भइसकेको जानकारी दिएका छन्।

TK Viber

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

Loading...