टीएसएमसीद्वारा एप्पलका उत्पादनको मूल्यमा ३ प्रतिशत मात्र वृद्धि

Technology Khabar २३ भाद्र २०७८, बुधबार

टीएसएमसीद्वारा एप्पलका उत्पादनको मूल्यमा ३ प्रतिशत मात्र वृद्धि

एप्पललगायतका स्मार्टफोन कम्पनी लागि आवश्यक चिप उत्पादकहरुमा टीएसएमसी ताइवानको टीएसएमसी धेरैले रुचाएको कम्पनी हो।

टीएसएमसीको सबैभन्दा ठूलो ग्राहक एप्पल भएकाले कहिलेकाही एप्पलले टीएसएमसीका तर्फबाट विशेष सुविधाहरु पाउने गरेको छ।

हालैका रिपोर्ट अनुसार टीएसएमसीले आफ्नो फाउन्ड्रीको मूल्य २० प्रतिशतले बढाएको छ।

तर सबै ब्रान्डका लागि २० प्रतिशत बढे पनि एप्पलका लागि भने ३ प्रतिशतमात्र बढाइएको एक अनुसन्धानमार्फत् पत्ता लागेको चिनियाँ सञ्चारमाध्यमा गिज्चाइना डट कमले उल्लेख गरेको छ।

यसका बारेमा चर्चित उद्योग विशलेषक लु शिङ्झीले पुष्टि गरेका हुन्।

टीएसएमसीको यो तरिकाबाट मिडियाटेक, एनभिडिया तथा एएमडीजस्ता अन्य कम्पनीहरु भने बिच्किएका छन्।

हालैका रिपोर्टमा लु शिङ्झीले एप्पलको अर्डरले टीएसएमसीको आम्दानीको २० प्रतिशत हिस्सा ओगट्ने बताएका छन्। तर यसबाट नाफा भने २० प्रतिशत भन्दा कम नै हुन्छ।

यसै हिसाबले अन्य कम्पनीका तुलनामा टीएसएमसीले एप्पललाई यस्तो सुविधा दिएको बुझिएको छ।

एएमडी, एनभिडिया तथा मिडियाटेकजस्ता अन्य कम्पनीमार्फत् एप्पलकै तुलनामा उल्लेख्य आम्दानी नहुने भएकाले ती कम्पनीले भने टीएसएमसीका तर्फबाट यो छुट पाएका छैनन्।

TK Viber

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

Loading...