बालबालिकाहरु मोबाइल र अनलाइन गेमको लतमा छन् भने यसरी छुटकारा दिलाउनुहोस्

Technology Khabar २३ भाद्र २०७८, बुधबार

बालबालिकाहरु मोबाइल र अनलाइन गेमको लतमा छन् भने यसरी छुटकारा दिलाउनुहोस्

आजकल, बच्चाहरुको बीच मोबाइल फोन र अनलाइन गेमको क्रेज यति धेरै बढेको छ कि धेरैजसो बच्चाहरु मोबाइल फोनमा पूरा दिन बिताउँछन्। अझ अहिलेको कोभिड महामारीले अनलाइन कक्षा पनि दिनभर लिनुपर्ने बाध्यता भएसँगै बालबालिकाहरु २४ सै घण्टा जसो मोबाइलमा झुण्डिरहेका हुन्छन् ।

मोबाइल फोन लतका कारण बालबालिकाहरु समस्यामा पर्ने विशेषज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

अर्कोतर्फ, यदि तपाइँ पनि तपाइँको बालबालिकाको अधिक मोबाइल उपयोग गर्ने बानीबाट परेशान हुनुहुन्छ भने हामी तपाइँलाई केहि टिप्स बताइरहेका छौं जसको माध्यमबाट बालबालिकाको मोबाइल उपयोग गर्ने बानी घटाउन वा हटाउन सकिन्छ।

बच्चाहरुलाई मोबाइलबाट टाढा राख्न यी टिप्सको मद्दत लिनुहोस्ः

  • बच्चालाई मोबाइलबाट टाढा राख्नको लागी, उसलाई आउटडोर खेलको फाइदाहरु बताउनु सबैभन्दा महत्त्वपूर्ण छ । उसलाई सकेसम्म बाहिर मैदानमा खेल खेल्न पठाउनुहोस्।
  • यदि तपाइँको बच्चा पनि दिनभर मोबाइलको उपयोग गर्दछ भने ऊसँग धेरैभन्दा धेरै समय बिताउनुहोस्, उसलाई माया दिनुहोस् र मोबाइल बिल्कुल नदिनुहोस्। यदि बच्चा तपाइँको कुराकानीमा व्यस्त हुन्छ भने मोबाइल प्रयोग गर्ने बानी स्वतः कम गर्न सकिन्छ।
  • बच्चालाई उसको रुचि अनुसार कुनै पनि अतिरिक्त गतिबिधिमा सहभागी हुन पठाउन सुरु गर्नुहोस्, जस्तै चित्रकला, नृत्य, संगीत, खेलकुद आदि।
  • यदि तपाइँको बच्चा फ्रि बसिरहेको छ भने उसको योग्यताअनुसार, उसलाई घरको केहि काम गर्न दिनुहोस्, जसबाट उसले पनि केहि सिक्ने अवसर पाउँछ।
  • तपाईँको बालबालिकालाई मोबाइलबाट टाढा राख्नको लागी, उसलाई प्रकृतिको नजिक ल्याउन र बोट बिरुवाहरुको ख्याल गर्न भन्नुहोस्।
  • बच्चालाई स्मार्टफोन र अनलाइन गेमबाट टाढा राख्न अर्को महत्वपूर्ण तरीका भनेको उसलाई एक पाल्तु जनावरसँग खेल्न, रमाउन तथा हेरचाह गर्न दिनुहोस् र यसमा उसले पुरा दिन बिताउन सक्छ।
  • यसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको अभिभावकहरुले पनि मोबाइलको प्रयोग कम  गर्नुपर्दछ । यसमा तपाइँ आफैंले पनि घरमा आवश्यक हुँदा मात्र मोबाइलको उपयोग गर्नुपर्छ । यदि तपाइँ कम प्रयोग गर्नुहुन्छ भने बच्चाले पनि यसलाई कम प्रयोग गर्दछ।
TK Viber

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

Loading...