शाओमी ११टी प्रोमा १२० वाटको फास्ट चार्जिङ सुनिश्चित

Technology Khabar २३ भाद्र २०७८, बुधबार

शाओमी ११टी प्रोमा १२० वाटको फास्ट चार्जिङ सुनिश्चित

चिनियाँ कम्पनी शाओमीको ११टी प्रो मा १२० वाट फास्ट चार्जिङ सपोर्ट रहने हल्ला केही समयअघि चलेको थियो।

कम्पनीले हाइपरचार्ज नाम दिएको यो फिचर यथार्थ रुपमै उक्त मोडलमा आउने सुनिश्चित भएको हालै कम्पनीले ट्विटरमार्फत् सुनिश्चित गरेको छ।

कम्पनीले उक्त ट्वीटमा आगामी सेप्टेम्बर १५ मा एउटा इभेन्ट गर्ने पनि जनाएको छ।

यो फिचर यसअघिको एमआई ११ मा रहेको ६७ वाट फास्ट चार्जिङको लगभग ‍दोब्बर क्षमता हो।

यो फोनमा ब्याट्री क्षमता भने ५००० एमएएचको रहने बुझिएको छ। यसको प्रो मोडलमा वायरलेस चार्जिङ भए नभएको कम्पनीले खुलाएको छैन।

ट्वीट शाओमी ११टी प्रोका बारेमा बढी केन्द्रित भएकाले यसको स्ट्यान्डर्ड भर्सनमा भने यो १२० वाट फास्ट चार्जिङको सुविधा नरहन सक्ने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

Loading...