सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन ‘नेपाली कांग्रेस वाइड इन्फर्मेशन नेटवर्क’ गठन

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन ‘नेपाली कांग्रेस वाइड इन्फर्मेशन नेटवर्क’ गठन
फाइल

काठमाडौं ।

नेपाली कांग्रेसले प्रविधि मैत्री काँग्रेसको अवधारणअनुसार नेपाली कांग्रेस वाइड इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको छ।

आगामी १४औं महाधिवेशनको प्रचारात्मक नारा ‘प्रविधिमैत्री कांग्रेस’ तय गरेसँगै नयाँ नेटवर्क बनाएको हो । प्रचारप्रसार तथा सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन नेपाली कांग्रेस वाइड इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।

सो नेटवर्कमा पार्टीमा प्रविधि र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा संलग्न रहेका प्रतिनिधिहरुलाई समावेश गरिएको छ भने यसको संयोजकको जिम्मेवारी प्रविधि र सामाजिक सञ्जालका उपसंयोजक इन्जिनियर दिपेश विष्टलाई दिईएको छ ।

सो नेटवर्क केन्द्रित तहमा र प्रदेशतहमा छुट्टाछुट्टैरुपमा परिचालित हुनेछ।

पार्टीको आसन्न १४औं महाधिवेशनको प्रचार प्रसार प्रविधिमार्फत गर्ने योजना ल्याइएको भनिए पनि यसले स्थानीय, प्रदेश र संघको निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टिको प्रचार गर्ने र विपक्षी प्रहारको प्रतिवाद (वार रुमको अवधारणा) बमोजिम पार्टीको प्रचार विभागलाई सघाउने उल्लेख छ।

Global Bank
easy care

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

ताजा समाचार